चुनाव जितेका वडाध्यक्ष डिभी परेपछि उडे अमेरिका

1
1
August 07, 5:30

चुनाव जितेका वडाध्यक्ष वडा कार्यालयमा भेटिनुपर्ने हो। तर प्रदेश नम्बर ३ को मकवानपुरस्थित भीमफेदी गाउँपालिकाका वडाध्यक्ष कार्यालयमा भेटिँदैनन्।

गाउँलेको सेवा र विकास निर्माणमा ध्यान दिनुपर्ने बेला वडाध्यक्ष जगतमान घिसिङ भने खुसुक्क अमेरिका पुगेका छन्।

सरकारी कामकाज वा घुमफिरका लागि उनी अमेरिका गएका होइनन्। डिभी (डाइभर्सिटी भिसा) परेपछि गत चैतमा उनी अमेरिका उडे । अमेरिका उडेपछि विगत चार महिनादेखि वडा कार्यालय वडाध्यक्षविहीन छ । चैत २० गते परिवारसहित वडाध्यक्ष घिसिङ अमेरिका गएका थिए।  
भोट हालेर जिताएको वडाध्यक्ष अमेरिका गएपछि वडा सदस्य नमराज अधिकारीले वडाध्यक्षको जिम्मेवारी लिनुपरेको छ। गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार वडाध्यक्ष बिदा लिएर अमेरिका गएका हुन्।

‘उहाँले राजीनामा दिनुभएको छैन,’ अध्यक्ष लामाले भने, ‘फर्केर फेरि गाउँलेको सेवा गर्नुहुन्छ होला।’
सरकारी पदमा बसेकाहरू कानुनअनुसार तीन महिनाभन्दा बढी बिदामा बस्न पाउँदैनन्। वडाध्यक्ष अमेरिका गएकै चार महिना नाघिसक्यो।
 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा