नेपाल महिला संघको ७२ औं स्थापना दिवस डोटीमा पनि मनाईयो
डोटी, साउन २४ - नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको ७२ औं स्थापना दिवस डोटीमा पनि मनाइएको छ । शुक्रवार जिल्ला अस्पताल डोटीमा भर्ना भएका विरामिलाई फलफुल बितरण गरेर स्थापना दिवश मनाइएको नेपाल महिला संघकी जिल्ला अध्यक्ष माया कुवँरले वताउनु भयो ।
फलफुल वितरण कार्यक्रममा नेपालि काग्रेसका जिल्ला सचिव नारायाण जोशि ,शिखर नगार पालिका उप प्रमुख धौलि देवि रावल ,नेवि संघका अध्यक्ष गणेश खड्का, नेपाल पे्रश युनियन डोटीका अध्यक्ष प्रकाश बम लगायतकाको सहभागिता रहेको रहेको थियो । जुझारु महिला नेतृ मंगलादेवी सिंहको अगुवाइमा नेपाल महिला संघको स्थापना विक्रम संम्वत २००४ सालमा भएको हो ।
सन् १९९७ साल कात्तिक महिनामा गणेशमान सिँहलाई जन्म कैद भए पछि जहानिया राणा साशन विरुद्ध आन्दोलनमा सक्रीए भएकि थिईन् । २००५ सालमा पद्म समशेरको शासन प्रति असन्तुष्ट जनाउदै महिलाहरुको जुलुस लिएर राणाहरुको दरवार पुगेकि थिईन् । यसरी महिलाहरुको अधिकारका लागि राणाहरुको विरुद्धमा उत्रिएकि मंगलादेविको योगदानलाई २००७ सालको क्रान्तिको उपलव्धीका रुपमा उनको महत्वपुर्ण भुमिकालाई रएको मानिन्छ । २०२५ साल पछि ८ वर्ष प्रवासमा रहेकि मंगलादेविको २०५३ साल भदौ १० गते निधन भएको थियो ।