इपिएल फागुनमा, प्रत्येक टिममा टेस्ट राष्ट्रका खेलाडी

epl
epl
August 12, 6:25

यस सिजनको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिता आगामी फागुन तेस्रो साता हुने भएको छ।

आयोजक इपिएलले प्रतियोगिता आगामी फागुन १७ देखि चैत १ गतेसम्म गर्ने घोषणा गरेको हो।

मंसिरमा गर्ने भनिएको इपिएल मौसमका कारणले फागुन सारिएको जनाइएको छ।

इपिएलले आइसिसीसँग अनुमति लिने प्रक्रिया अघि बढाएको जनाएको छ।

यसपटक पनि विदेशी खेलाडी ल्याउने इपिएलले जनाएको छ। यसपटक एक टिममा एक अन्तर्राष्ट्रिय खेलाडी आइकोनिक खेलाडीको रुपमा हुने बताइएको छ। आइकोनिक खेलाडी टेस्ट राष्ट्रका हुने आयोजकको दाबी छ।

गत सिजनको लिगमा ६ टिमबीच प्रतिस्पर्धा भएको थियो। काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर,

पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गरेका थिए। जसमा ललितपुर च्याम्पियन बनेको थियो।

यसअघि इपिएलका लागि प्रत्येक टिमले ३–३ जना विदेशी आबद्ध हुने प्रावधान थियो।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा