अनुसन्धानका लागि रवि लामिछाने थप ५ दिन हिरासतमै, अदालतले दियो अनुमति

Rabi
Rabi
August 20, 5:37

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयलाई लिएर प्रहरीले पक्राउ गरेका रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न दोस्रो पटक म्याद थप गरिएको छ।

जिल्ला अदालत चितवनले पाँच दिनको म्याद थप गर्न आदेश दिएको हो। जिल्ला अदालत चितवनका न्यायाधीश विनोदकुमार गौतमको इजलासले गत शुक्रवार पहिलो पटक पाँच दिन अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको थियो।

गत बिहीवार प्रहरीले लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेललाई नियन्त्रणमा लिएको थियो। यसअघि प्रहरीले रुकु भनिने नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो। पक्राउ गरेपछि त्यसै दिन नै थप अनुसन्धानका लागि चितवन लगिएको थियो। साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको २०२ नम्बर कोठमा सञ्चारकर्मी शालिग्राम पुडासैनी मृत अवस्थामा फेला परेका थिए।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा