महासङ्घका विरुद्ध उत्रिए वौएलाल चौधरी, लेखे यस्तो स्ट्याटस

Radio Nepal
Radio Nepal
August 21, 7:10

धनगढी, भदौ ४ - रेडियो नेपाल प्रदेश प्रसारण केन्द्रका प्रमुख वौएलाल चौधरीले पत्रकार बर्खास्तीको विषयमा पत्रकार महासङ्घ डोटीको विज्ञप्ति सच्याउन भनेका छन् । 
उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन् ‘दुई पन्ने ज्ञापन पत्रमा जागिरको नियुक्ति कस्तो खालको थियो भन्ने उल्लेख नभएकोले पाठक वर्गमा कौतुहलता जाग्नु स्वाभाविक भएकोले करार सेवामा कार्यरत कर्मचारी उल्लेख गर्न हुन नेपाल पत्रकार महासङ्घ डोटी जिल्ला शाखालाई ध्यानाकर्षण गराउँद छु ।’

ook

रेडियो नेपालमा कार्यरत तीन जना पत्रकारलाई जागिरबाट बर्खास्त गरेपछि चौतर्फी विरोध भएको थियो । प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई विना सूचना र विना कारण बर्खास्त गरेपछि पेसागत तथा छाता सङ्घ–सङ्गठनहरूले चौतर्फी विरोध जनाएका थिए ।
सोही क्रममा नेपाल पत्रकार महासङ्घ डोटी जिल्ला शाखाले जारी गरेको विज्ञप्तिमा उनले असहमति जनाएका हुन् । 

जागिरबाट बर्खास्त गरेको विषय राष्ट्रिय सभामा पनि पुगेको छ। प्रदेश प्रशारण केन्द्र दीपायलमा कार्यरत पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई बिना सुचना बर्खास्त गरेको भन्दै नेपाली काँग्रेसबाट राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले सरकारसंग जवाफ माग गरेकी छिन्।

१० बर्ष देखि रेडियो नेपालमा कार्यरत रावल तथा तीन बर्षदेखि कार्यरत बम र कुँवरलाई बिना कारण जागिरबाट बर्खास्त गरिएको भन्दै उनले पुनर्वाहलीको माग गरिन्। ‘लामो समयदेखि कार्यरत कर्मचारीलाई विना कारण बर्खास्त गरि नयाँ कर्मचारी भर्ना गर्दा रेडियो नेपाल भर्ती केन्द्र जस्तै देखियो,’ उनले भनिन्, ‘नयाँलाई रोजगारी दिएपनि पुरानालाई बिना कारण हटाउनु न्यायोचित भएन्।’

तीनै जनालाई सोमबार रेडियो प्रसार सेवा विकास समितिले जागिरबाट बर्खास्त गरेपछि अहिले चौतर्फी विरोध भईरहेको छ। 


थप सम्बन्धित समाचार :  https://khaptadonline.com/no738 रेडियो नेपालमा कार्यरत पत्रकार बर्खास्ती बिषयको चौतर्फी बिरोध

 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा