चर्चित हास्य कलाकार मनोज गजुरेल सहितको टोली धनगढी आइपुग्यो, भोलि गाईजात्रा 

Manoj Gajurel
Manoj Gajurel
August 26, 7:51

धनगढी, भदौ ९ - धनगढीमा भोलि आयोजना हुने गाईजात्रा विशेष कार्यक्रमका लागि चर्चित हास्य कलाकार मनोज गजुरेलसहितको टोली धनगढी आइपुगेको छ । मुलुकको सङ्घीय संरचना अनुसार सात वटै प्रदेशमा गाईजात्रा विशेष कार्यक्रम गर्ने योजना अनुसार सुदूरपश्चिम प्रदेशको गाईजात्रा धनगढीमा हुने भएको हो। हास्य कलाकार मनोज गजुरेलको नेतृत्वमा ११ जना कलाकारको टोली धनगढी गाईजात्रामा सहभागी हुन यहाँ आइपुगेको हो । 

स्थानीय स्तरमा संयोजन गरिरहेको धनगढी जेसिजले आज धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमको सम्पूर्णै तयारी पुरा भएको जानकारी दिएको छ । 

पाँच सय, एक हजार र एक हजार पाँच सय गरी तीन किसिमको टिकट दर तय गरिएको कार्यक्रमका संयोजक समेत रहेका धनगढी जेसिजका कार्यकारी उपाध्यक्ष कलेन्द्र शाहीले बताए। गाईजात्रा कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री सहित प्रदेशका मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेतासहित साढे सात सय जनालाई सहभागी गराउने तयारी गरिएको उनले बताए। 

उक्त कार्यक्रमबाट सङ्कलन भएको रकमबाट धनगढी जेसिजको बहुउद्येशीय सभा हल निर्माण गरिने धनगढी जेसिजका अध्यक्ष नरेन्द्रराज अवस्थीले बताए। यस क्षेत्रमा भइरहेका विकृति, विसङ्गति , राजनीतिक बेथितिसँगै समसामयिक विषयहरूलाई व्याङगात्मक ढङ्गले प्रस्तुत गर्ने लक्ष्यका साथ गाईजात्रा विशेष कार्यक्रमको आयोजना गरिन लागिएको जेसिज एभरेस्ट पूर्व विद्यार्थी सङ्घका अध्यक्ष खेमराज जोशीले बताए। 

गाईजात्रा कार्यक्रममा कलाकार गजुरेल सहित शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुला साग), शिवशङ्कर रिजाल (जोगिन्दर पानवाला), रवि डङ्गोल, यमन श्रेष्ठ, सुबोध गौतम, पूर्ण थापा, सन्ध्या बुढा (काउली बुढी) सुमन कार्की र रुविना अधिकारी धनगढी आइपुगेका छन् । 

१० गते साँझ ५ बजेदेखि ओम प्यालेसमा कार्यक्रम सुरु हुनेछ। ‘प्रदेश प्रदेशमा गाईजात्रा’ कार्यक्रम साउन ३१ गतेदेखि प्रदेश १ को विराटनगरबाट सुरु भएको थियो। 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा