पुनर्बहालीको माग गर्दै सडकमै बहस कार्यक्रम , विभिन्न संघसगठन द्वारा ऐक्यबद्धता 

Patrakar
Patrakar
August 27, 7:28

डोटी, १० भदौ - रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत तीन संचारकरकर्मिलाइ बिना कारण सेवाबाट हटाएको विरोधमा   पुनर्बहालीको माग गर्दै रेडियो नेपाल दिपायलको गेटमा सोमबार बहस कार्यक्रम  गरिएको छ। बहस कार्यक्रममा विभिन्न संघसगठन द्वारा ऐक्यबद्धता  समेत जनाका छन् । नेपाल पत्रकार महासङ्घ डोटी शाखाको अगुवाइमा पुर्नबाहलीको माग गर्दै रेडियो प्रदेश प्रसारण केन्द्र अगाडि एक सातादेखि धर्ना कार्यक्रम  चलिरहेको छ ।  तीन जना सञ्चारकर्मीलाई सेवाबाट बर्खास्त गरेपछि पुनर्बहाली गर्नुपर्ने भन्दै आइतबार बहस कार्यक्रममा नागरिक समाज , गैरसरकारी संस्था महासङ्घ, उद्योग वाणिज्य सङ्घ,शिक्षक महासङ्घ , नेपाल ट्रेड युनियन काङ्ग्रेस लगायतले एकेबद्वता जनाएका हुन् । बहस कार्यक्रममा बोल्दै शिक्षक महासङ्घका पूर्व अध्यक्ष खडक बहादुर खड्काले लामो समय देखि कार्यरत तिन जना सञ्चारकर्मीलाई सेवाबाट बिना कारण  हटाइनु दुस्खद कुरा भएको बताए । डोटी उद्योग वाणिज्य सङ्घका महासचिव तथा होटेल ब्यबसायीसंघका अध्यक्ष दीपक बहादुर खड्काले सञ्चारकर्मी माथि यस्तो अन्याय हुन्छ भने अरुसमाज माथि के होला भन्दै आपत्ति जनाएका छन् । यस्ता कार्य तत्काल सच्याउन सरकार सँग माग समेत गरेका छन् । यस्तै बहस कार्यक्रममा बोल्दै  गैरसरकारी संस्था महासङ डोटीका अध्यक्ष रघु कठायतले बिना सर्त तत्काल तिन जना सञ्चारकर्मीलाई पुनर्बहाली गर्न  माग गरेका छन् । पत्रकारिता जगतमाथी नै सुनियोजित तरिकाले यसरी आक्रमण हुनु भनेको लोकतन्त्र माथि नै हुनु हो उनले बताए ।            

 डोटी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा सल्लाहकार नरेन्द्र बहादुर खड्काले जुन देशमा पत्रकारी जगतलाई नियन्त्रण गर्न खोजिन्छ त्यो देशको कहिले उन्नति प्रगति नहुने बताए ।  यस्तै नागरिक समाजबाट बोल्दै अनन्त कठायत र भरत कठायतले  बिना कारण संचारकर्मचारिलाइ सेवाबाट हटाइनु अन्याय पूर्ण निर्णय भएको बताए । यस्ता निर्णय तत्काल नसच्याए यसको दुर्गामि असर नराम्रो पर्ने उनले बताए । यसै गरी शिक्षक सङ्घ डोटीका  अध्यक्ष शंकर कठायतले यस्ता निर्णय तत्काल सच्याउन माग गरेका छन् ।    

यस्तै रेडियो नेपाल दिपायलमा कार्यरत तीन जना सञ्चारकर्मी प्रकाश बम,सुनिता रावल र चक्र कुँवरले आफूहरूमाथि अन्याय भएको बताएका छन् । अन्याय विरुद्ध आवाज बोल्ने सञ्चारकर्मी नै अन्याय पर्नु  भने दुस्खद कुरा भएको बताएका छन् । यस्तै नेपाल पत्रकार महासङ्घ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले     अकारण सेवाबाट हटाइका तीन जना सञ्चारकर्मीलाई तत्काल बिना सर्त पुनरबाहलिको माग गरेका छन् । काम गर्न रेडियो नेपाल  गएका तीन जना सञ्चारकर्मीलाई अकारण यसरी हटाइनु सञ्चार क्षेत्रको नै धज्जी उडाउनु हो अध्यक्ष बलायरले बताए । प्रसारण केन्द्रमा १० वर्षदेखि उद्घोषक पदमा कार्यरत सुनिता रावल, ३ वर्षदेखि डोटेली समाचार वाचक तथा कार्यक्रम सञ्चालक प्रकाश बम र ३ वर्षदेखि उद्घोषक पदमा कार्यरत चक्र कुँवरलाई विना कारण सेवाबाट बर्खास्त गरिएको हो । यसको विरोधमा महासङ्घले रेडियो प्रसार सेवा विकास समितिलाई ज्ञापन पत्रसमेत बुझाएको छ । 
तीनै जनालाई गत सोमबार रेडियो प्रसार सेवा विकास समितिले जागिरबाट बर्खास्त गरेको थियो । भदौ एक गतेदेखि लागु हुने गरी अन्य तीन जनालाई नियुक्ति दिइएको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभामा पनि यसबारे कुरा उठेको छ । 
राष्ट्रिय सभाका सदस्य तारादेवी भट्ट, प्रतिनिधि सभाका सदस्य डिला सङ्ग्रौला पन्त , अतहर कमल मुसलमान र बालकृष्ण खाणले समेत  पुनर्बहालीको माग गरेका हुन् । नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यसमिति, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समिति, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा डोटी, नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमिति, नेपाल प्रेस युनियन जिल्ला समिति लगायतका सङ्घ सङ्गठनले पनि कर्मचारी हटाएकोमा विरोध जनाएका छन् ।                  

     यसै क्रममा विभिन्न सुभेछुक सङ्गठनले ऐक्यबद्धता तथा पूनवहालीको माग गर्दै विज्ञप्ति निकाल्ने क्रम जारी रहेको छ ।  यसै गरी नेपाल प्रेस युनियन सुदूरपश्चिमका सम्पूर्ण शाखाले आइतबार जिल्ला प्रशासन मार्फत नेपाल सरकार र सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई  पुन बहालीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । सुदूर पश्चिम प्रदेशका  १० वटा शाखावाट आइतबार जिल्ला प्रशासन कार्यलयबाट सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटा लाइ सयुत्त रूपमा एकै दिन ज्ञापन पत्र बुझाएको छ। यसै गरी रेडियो नेपालको गेटमा धर्ना बस्नुका साथै आज रेडियो नेपालका कार्यकारी निर्देशका सुरेश कुमार कार्कीलाई बिना सर्त पुनरबाहलीको माग गर्दै एस। एम ।एस। गर्ने कार्यक्रम रहेको नेपाल पत्रकार महासङ्घ डोटी शाखाका सचिव  गणेश मौनीले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा