स्मृती बृक्ष बाटिका बारेमा सरोकारवालाहरु संग छलफल
धनगढी, भदौ ११ - आफ्नो र आफ्ना आफन्तहरुको सम्झनामा बिरुवा रोप्न पाउने गरि निर्माण हुन लागेको स्मृती बृक्ष बाटिकाका बारेमा जानकारी गराउने उदेश्यले बुधवार बिभिन्न क्षेत्रका सरोकारवालाहरु संग छलफल गरिएको छ ।
धनगढी उप–महानगरपालिका, कैलाली बहुमुखी क्याम्पस , ईनरिच नेपालको आयोजनामा छलफल कार्यक्रमको आयोजना गरिएको हो । छलफलमा ईनरिच नेपालका प्रवन्ध निर्देशक जिवन थापाले अन्यत्र निर्माण गरिएका स्मृती बृक्ष बाटिकाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले स्मृती बृक्ष निर्माण गर्ने अवधारणा आफैमा राम्रो भएको बताईन । उनले यसका लागि जनमानसमा आफन्तको स्मृतीमा बृक्षा रोपणगर्नु पर्छ भन्ने भावनाको विकास गराउनु आवश्यक रहेको बताईन ।
स्मृती बृक्ष बाटिकाका कुनैपनि ब्यक्तिले आफ्नो जन्म दिन, आफुन्तको जन्म दिन बा कुनै त्यस्तो पुण्ये तिथीमा बृक्षा बृक्ष लगाउन पाउँछन् धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटाले भने, त्यो बृक्षमा कुन ब्यक्तिको स्मृतीमा लगाईएको हो त्यसको नाम सहितको ट्याग लगाईएको हुन्छ । बृक्ष लगाउने ब्यक्तिले १ हजार रुपियाँ शुल्क तिर्नुपर्ने हुन्छ । त्यो पैशा बृक्षको संरक्षणका लागि खर्च गरिन्छ ।
कैलाली बहुमुखी क्याम्पस संगको साझेदारीमा वडा नं ८ मा स्मृती बृक्ष बाटिका निर्माण भैरहेको छ । बाटिकाको नाम कैलाली बहुमुखी क्याम्पस स्मृती बृक्ष बाटिका दिईएको छ । बाटिका निर्माणका लागि कैलाली बहुमुखी क्याम्पसले जमिन उपलब्ध गराएको छ । बाटिकाको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले स्मृती बृक्ष रोपेर साउन २५ गते नै बाटिकाको उद्घाटन गरेका थिए
धनगढी उप–महानगरपालिकाका बिभिन्न स्थानमा यस्तै स्मृती बृक्ष बाटिका तयार गर्ने कुरामा छलफल भैरहेको छलफलमा ईनरिच नेपालका प्रवन्ध निर्देशक जिवन थापाले बताए उनले भने, यो पुण्ये प्राप्तीको काम पनि हो ।