आँखा, कान र मुखमा कालोपट्टि बाँधेर धर्ना

Dharna
Dharna
August 30, 5:10

डोटी, मोहन पनेरू, भदौ १३ - विना कारण रेडियो नेपालबाट सञ्चारमाध्यम निष्कासन गरिएको विरोधमा काटोपट्टीले आँखा, कान र मुख बाँधेर धर्ना दिइएको छ । नेपाल पत्रकार महासङ्घ डोटी शाखाले रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलको गेटमा शुक्रवार यसरी धर्ना दिएको हो । 
‘यो सरकारको रवैया हेर्दा जनतालाई अन्धो, बहिरो र लाटो होउन् भन्ने चाहना राख्छ भन्ने बुझिन्छ,’ नेपाल पत्रकार महासङ्घ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले भने,‘कर्तव्यनिष्ठ भएर जनतालाई सुसूचित गरिरहेका सञ्चारकर्मीलाई तानासाही प्रवृत्तिबाट निष्कासन गर्नु त्यसैको सङ्केत हो भन्ने हाम्रो ठम्याई छ ।’ सोही सन्देश दिन नै कालोपट्टिले आँखा, कान र मुख बाँधेर धर्ना दिइएको उनले बताए । 
रेडियो नेपालले भदौबाट लागु हुने गरी रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत नेपाल पत्रकार महासङ्घ डोटी शाखाका उपाध्यक्ष सुनिता रावल, सह सचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई विना कारण निष्कासन गरेको थियो । जसको विरोध गर्दै उनीहरूको पुनर्बहालीको माग गर्दै डोटी शाखाले भदौ ४ गतेबाट धर्ना लगायत सङ्घर्षका कार्यक्रम गरिरहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा