नेपाली बैंक लुट्न आएका ५ जना चिनिया नागरिक ५ करोड लुटेपछी प्रहरी फन्दामा

Bank Robbery
Bank Robbery
September 01, 1:43

धनगढी, भदौ १५ -  एटिएमको पिन नम्बर ह्याक गरेर ग्राहकको बैंक खाताबाट करौडौँ रुपैयाँ लुट्ने पाँच जना चिनियाँ नागरिक प्रहरीको फन्दामा परेका छन्। नेपालमा रहेका एटिएम बुथको रकम लुट्ने योजना चीनबाटै बनाएर उनीहरु नेपाल आएको प्रहरी अनुसन्धानमा खुलेको छ।

शुक्रवार उनीहरु पर्यटन भिसामा नेपाल प्रवेश गरेका थिए। पाँच जनाको समूहमा आएका उनीहरुले जय नेपाल हलनजिकै रहेको माया मनोर बुटिक होटेल बुक गराएका थिए। होटेलको तीनवटा कोठा बुक गराएर शुक्रवारदेखि त्यहीँ बसेका थिए।

काठमाडौं झरेको २४ घण्टामै उनीहरुले योजना अनुसार रकम झिक्न सुरु गरेका थिए। प्रहरीले अहिलेसम्म १ करोड ३६ लाख रुपैयाँ ह्याकरबाट बरामद गरिसकेको छ। बैंकहरुले भने करिब ५ करोड रकम झिकिएको दाबी गरेका छन्।

ुचीनबाटै योजना बनाएर आएको देखिन्छ। बैंकहरुको आवश्यक डाटा नै लिएर आएका रहेछन्। रकम झिकेर तत्कालै चीन फर्कने योजना देखिन्छ,ु परिसरका डिएसपी होबिन्द्र बोगटीले भने।

शनिवार बेलुका प्रहरीलाई एटिएमबाट रकम झिकिएको सूचना बैंकले नै दिएका थिए। सूचना पाएपछि प्रहरीले कारवाही थालेको थियो। केही समयको निगरानीपछि दरबारमार्गमा रहेको नबिल बैंकको एटिएमबाट एक चिनियाँ नागरिकले झोलामा पैसा लिएर गएको भेटिएपछि नियन्त्रणमा लिइएको थियो।

‘एटिएमबाट झोलामा पैसा लगेको देखेपछि शंका लागेर अनुसन्धान अगाडि बढाएका थियौँ। सो क्रममा अन्य पनि फेला पार्‍यौँ,ु  एक अनुसन्धान अधिकृतले भने।

प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्तिलाई पिछा गर्दै गएपछि होटेल माया मनोरमा पुगेको थियो।

‘एक जनालाई एटिएम बुथ  र बाँकीलाई होटेलबाट नियन्त्रणमा लिएका हौं,ु महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले भने।

शुक्रवार नेपाल आएका उनीहरुले एटिएम बुथबाट निकालेको पैसा झोला र ब्रिफकेसमा राखेर होटेलको कोठामा पुर्‍याउने गरेको देखिएको छ। उनीहरुले दरबारमार्ग, स्रोहखुट्टे, ठमेल क्षेत्रका एटिएमलाई टार्गेट बनाएका थिए। ‘चाँडै सूचना नपाएको भए करोडौँ रुपैयाँ लुटिसकेका हुन्थे,ु एसएसपी सुवेदीले भने।

स्रोतका अनुसार, शनिवार नबिल बैंकका विभिन्न एटिएम बुथहरूबाट ठूलो मात्रामा नगद झिकिएको थियो। ठूलो मात्रामा पैसा झिकिएपछि कर्मचारीहरूले के भएको रहेछ भनेर सिस्टमबाट त्यसलाई ट्रयाक गर्न थाले। उनीहरूले अस्वाभाविक रूपमा पैसा झिकिएको र केही शंकास्पद गतिविधि भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

केही बैंकहरुले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड ९नेप्स० को प्रणालीलाई चिनियाँ गिरोहले ह्याक गरेको छ। यो प्रणालीमा १५ वटा बैंकहरु आबद्ध छन्।

उनीहरु रकम लुटेर आइतवार र सोमवार नै चीन फर्किने तयारीमा रहेको अनुसन्धानमा खुलेको छ।

पहिलोपोष्टबाट साभार

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा