सञ्चारकर्मी निष्काशनको विरोधमा ऐक्यबद्धता बढ्दै

Doti
Doti
September 02, 4:36

डोटी, भदौ १६- रेडियो नेपालमा कार्यरत तीनजना सञ्चाकर्मी निष्काशनविरुद्ध नेपाल पत्रकार महासंघ डोटी साता दुईसातादेखी आन्दोलनरत छ । महासंघले रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलको गेटमा निरन्तर धर्ना दिईरहेको छ । त्यसैगरी अन्य विभिन्नखाले दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । महासंघको सो आन्दोलनलाई अन्य विभिन्न संघसंस्था, जनप्रतिनिधी, नागरिक समाज, सामाजिक अभियान्ता एबं राजनीतिक नेताकार्यकर्ताले ऐक्यवद्धता र समर्थन गर्ने क्रम निरन्तर चलिरहेको छ । जसमा नागरिक समाजका तर्फबाट प्राध्यापक संघ डोटी बहुुमुखी क्याम्पस, गैह्र सरकारी संस्था महासंघ डोटी, नेपाल शिक्षक महासंघ डोटी, डोटी उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ डोटी लगायतका संघसंगठनहरुले ऐक्यवद्धता जनाएका छन् । ती संस्थाका प्रमुख तथा प्रतिनिधिहरु महासंघको धर्ना कार्यक्रममा सहभागि भएर निरन्तर ऐक्यवद्धता जनाईरहेका छन् ।

यसैगरी लोकतान्त्रिक श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन कांग्रेसले पनि आन्दोलनमा निरन्तर ऐक्यबद्धता जनाउदै आएको छ । ‘यो नितान्त श्रमिजिवीहरुको मुद्दा हो । श्रमिकहरुले निर्वाध, बिनाभेदभाव श्रमको हक राख्दछन्,’ सो संगठनका डोटी जिल्ला अध्यक्ष काशिराम पाठकले भने,‘यस्तोमा हाम्रो पूर्णत ऐक्यबद्धता छ । आवश्यकता अनुसार हामी संघर्षका कार्यक्रम पनि गर्नेछौ ।’ ट्रेड युनियनले आफ्नै संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ । जसअनुसार सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत सुचना, प्रबिधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई ज्ञापनपत्र समेत पठाएको छ । जसमा निष्काशित सञ्चारकर्मीहरुको तत्काल पुनर्वहालीको माग गरेको छ । यस्तै सोमबारै रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र मार्फतपनि ज्ञापनपत्र पेश गर्ने कार्यक्रम छ ।

ट्रेड युनियन तत्काल पत्रकार महासंघको कार्यक्रममा ऐक्यबद्धता जनाउने र केन्द्र एबं प्रदेशमार्फत दबाब सिर्जना गर्ने नभए कडा संघर्षमा उत्रने चेतावनी समेत दिएको छ । यस्तै ट्रेड युनियन सम्बद्ध विभिन्न १८ वटा पेशागत संघसंगठनहरुले पनि एकमुष्ट ऐक्यबद्धताको घोषणा गरेका छन् । यस्तै सञ्चारकर्मी निष्काशनविरुद्ध राजनीतिक दल र जनप्रतिनिधिबाट पनि ऐक्यबद्धता सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस डोटीले विज्ञेप्ती नै सार्वजनिक गरेर तत्काल पुनर्वहालीको माग गर्दा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले घटनाको आपत्ती जनाएका छन् । महासंघको धर्ना कार्यक्रममा शिखर नगरपालिकाका प्रमुख सीताराम जोशी, उपप्रमुख धौलीदेवी रावललगायतका अन्य जनप्रतिनिधी आफै बसेर ऐक्यबद्धता जनाएका छन् । निष्काशनको विरोधमा राष्ट्रिय सभामा सांसद तारा भट्ट, प्रतिनिधी सभामा सांसदहरु बालकृष्ण खाँड, डिला संग्रौला र अतहर कमल मुसलमानले सरकारको ध्यानाकर्षण गराएका छन् ।

रेडियो नेपालले रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत सञ्चारकर्मीहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई विनाकारण निष्काशन गरेको थियो । जसको विरोधमा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन डोटी शाखा आन्दोलित हुदा दुबै संगठनमा प्रदेश र केन्द्रीय समितिहरु तीनैजना सञ्चारकर्मीको पुनर्वहालीको माग गर्दै दबाबमूलक कार्यक्रम सञ्चालन गर्देै आएका छन् ।

1

 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा