नेपाल आईस धनगढी फुटसल लिगकोे उपाधि कैलाश विकास बैङ्कलाई

Kailask Bank
Kailask Bank
September 14, 4:46

धनगढी, भदौ २८ - नेपाल आईस धनगढी फुटसल लिगको उपाधि कैलाश विकास बैङ्कले जितेको छ । नविल बैङ्कलाई ९–४ ले हराउँदै कैलाश विकास बैङ्कले उपाधि जितेको हो । सुदूरपश्चिम प्रदेशको सर्वाधिक धनराशिको नेपाल आईस धनगढी फुटसल लिगको  विजेता बनेसँगै कैलाश विकास बैङ्कले नगद ५० हजार सहित ट«फी मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको नविल बैङ्कले नगद २५ हजार सहित ट«फी मेडल र प्रमाणपत्र पाएको छ । कैलाशलाई उपाधि जिताउन निशान थापाले दोहोरो ह्याट्रिक गरे भने रमेश वोहोराले २ र महेश चौधरीले एक गोल थपे । नविका लागि विवेक विष्टले २ तथा वीरेन्द्र विष्ट र केशव चौधरीले एक एक गोल फर्काए । 

1


फ्ल्याटल्याण्ड फुटसलमा भदौ ६ गतेदेखि सुरु भएर शनिवार सकिएको लिगको उत्कृष्ट खेलाडी नविल वैंका वीरेन्द्र विष्ट भए । सर्वाधिक गोल कर्ता कैलाश विकास बैङ्कका रमेश वोहोरा र उत्कृष्ट गोलरक्षक कैलाशकै सन्दीप शर्मा भए । विजयी खेलाडीहरूलाई एक समारोहका बिच ट«फी मेडल र प्रमाणपत्र वितरण गरिएको छ । फ्ल्याटल्याण्ड फुटसलका अध्यक्ष आशिष् शाहको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड रहेका थिए । वैंकर्स क्लब धनगढीका अध्यक्ष धर्म विष्ट र नेपाल राष्ट्र बैङ्क धनगढीका निर्देशक निश्चल अधिकारी विशिष्ट अतिथि रहेका थिए । 

2


फ्ल्याटल्याण्ड फुटसलको आयोजना तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको सह आयोजनामा भएको धनगढी फुटसल लिगलाई सिजी ब्रुअरीको उत्पादन नेपाल आईसले प्रायोजन गरेको थियो भने धनगढी उपमहानगरपालिका प्रवर्द्धक रहेको थियो । 
 

SAndeep Sharma

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा