पर्यटन मन्त्री भट्टराईद्धारा मोहन्याल मन्दिरको अवलोकन
धनगढी, भदौ २८ - गौरीगंगा नगरपालिकाको दीर्घकालीन योजनामा रहेकोे मोहन्याल मन्दिरमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अनुगमन गर्नु भएको छ । गौरीगंगा नगरपालिकाका नगर प्रमुख भिम देउवाले पर्यटन मन्त्री भट्टराईलाई मोहन्याल मन्दिरको अवलोकन गराउनुको कारण नगरको दीर्घकालीन योजनामा रहेको मोहन्याल मन्दीर (बेहडाबाबा मन्दिर) चुरे क्षेत्र सप्तॠषि आश्रम जोडेर धार्मिक पर्यटनको विकास गर्ने योजना रहेकाले मन्त्रीलाई सो क्षेत्रको अवलोकन गराएको बताउनु भयो । अबको विकास धार्मिक, साँस्कृतिक , पर्यटन , कृषि मुख्य रहेकाले यस तर्फ जोड दिनु पर्ने बताउनु भयो ।
मन्त्री भट्टराई संगै सुदुरपश्चिम प्रदेश सरकारका उगोग,पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट , पुर्ब सामाजिक विकास मन्त्री सुदुरपश्चिम प्रदेश सभा सदस्य दिर्घ सोडारी , सुदुरपश्चिम प्रदेश सरकार उधोग ,पर्यटन बन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल लगायतले मोहन्याल मन्दिरको अवलोकन गर्नु भएको हो ।