वडा सचिव र शिक्षक एउटै जुवाको खालमा भेटिएपछि 

Juwade
Juwade
September 14, 6:42

बाजुरा, भदौ २८ -  बाजुराको बडीमालिका नगरपालिका–१ पिनालेखबाट पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाजुराले शनिबार सार्वजनिक गरेको छ ।
गाउको पसलमा जुवातास खेल्दै गरेको अवस्थामा बडिमालिका नगरपालिका–१ का वडा सचिव मदनबहादुर दानी, सोही नगरपालिका १ का होटल संचालक कृष्णराज उपाध्याय, त्रिवेणी नगरपालिका–९ रहेको जाल्पा माविमा अध्यायपन गराउदै आएका शिक्षक कर्णबहादुर थापा, बझाङ्ग जिल्ला खप्तड छान्ना गाउँपालिका घर भएका हाल बाजुराको हिमाली गाउँपालिकाको विद्यालयमा अध्यायपन गराउदै आएका भीमबहादुर गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी तथा निमित्त कार्यलय प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले जानकारी दिए ।
गाउँमा जुवातास ंखेलाउदै र खेलि रहेको गोप्य सुचनाका आधारमा शुक्रबार राति जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा जुवा खालबाट ४३ हजार ६ सय ६० रुपैँया नगद समेत बरामद गरेको ढुंगानाको बताए । पक्राउ परेका पाँच जनाको अनुसन्धान भइरहेको छ ।
जुवातास खेल्ने र खेलाउने कार्य गैर कानुनी भएकाले यसलाई अन्त्य गर्न प्रहरीले जुवातास बन्द गर्ने गरी जिल्लामा स्थानीय तहमा प्रहरीले सक्रियता बढाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा