राष्ट्रिय जागरण अभियानमा मन माझ्दै कांग्रेसीहरु

Congress
Congress
September 15, 6:29

धनगढी, भदौ २९ - आईतबार धनगढी उप–महानगरपालिका वडा ४ मा नेपाली कांग्रेसले आयोजना गरेको जागरणसभामा विद्यार्थी नेता मनिस कुँवरले यूवाहरु लक्षित कार्यक्रम ल्याउन नसकेको आरोप लगाए । चुनावको बेला परिचालन गर्ने र अरु बेला बेवास्ता गर्ने भन्दै मञ्चमा बसेका नेतृत्व प्रति आक्रोस पोखे ।
त्यसको प्रति उत्तरमा धनगढी उप–महानगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस धनगढीका नगर सभापती नृपबहादुर वडले जागरण अभियान अन्तरगत नै युवाहरु संग बसेर उनिहरुका समस्याहरुका बारेमा छलफल गर्ने छुट्टै कार्यक्रम रहेको बताए । धनगढी उप–महानगरपालिका १३ मा आयोजित जागरणसभामा स्थानीय नेता छत्रराज जोशीले केन्द्रबाट गुटउपगुटको अन्त्य गरेर आउन नेताहरुलाई सुझाव दिए । गाउँ सम्म नै गुटमा कार्यकर्तालाई बिभाजन गर्ने काम ठूला नेताहरुले गरेको आरोप जोशीले लगाए । कम्यूनिष्टहरु एकता भएको अबस्था र त्यसैमा पनि कांग्रेसीहरुको अन्तरघातले देशभरी नेपाली कांग्रेसले पराजय भोगेको जोशीको आरोप थियो ।
त्यसको प्रतिउत्तर राष्ट्रिय जागरण अभियानका केन्द्रीय प्रतिनिधी मेखराज खड्काले दिए । उनले भने, गुटउपगुटमा कांग्रेस बिभाजन हुनुहुदैन र छैन भन्ने कुराको सन्देश दिनका लागि नेपाली कांग्रेस केन्द्रिय समितिले दोश्रो राष्ट्रिय जागरण चलाएको हो । अहिले पनि हामी एक हुन जानेनौ भने पार्टी लामो समय सम्म पछाडी पर्न सक्छ खड्काले भने, त्यस कारण भुलेर पनि गल्ती नगरौं ।
जगरणसभाहरुमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र शुभचिन्तकहरु बिच नेपाली कांग्रेसले स्थानीय, प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनमा ब्यहोरेको पराजयका बिषयमा छलफल तथा समिक्षा भैरहेको छ । त्यसैगरी पार्टीभित्रको अब्यबस्थीत सञ्चार प्रणालीलाई ब्यबस्थीत बनाउनुपर्ने, युवा, दलित, महिला, जनजाती, थारु, पछाडी परेका क्षेत्रलाई आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्ने र सरकारले गरेका गलत निर्णय, अनियमिता जस्ता कुराको भण्डाफोर गर्नुपर्ने जस्ता बिषयमा सुझाव आउने गरेको नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह ‘मनु”ले बताए । उनले भने, आएका सुझावहरुलाई ग्रहण गरेर पार्टीलाई अगाडी थप गति दिन सकिन्छ । राष्ट्रिय जागरण अभियान कैलाली क्षेत्र नं ५ (ख) का संयोजक मेखराज खड्काले सबै जागरणसभामा एउटै किसिमका सुझाव आउने गरेको बताए । उनले भने, नेताभन्दा कांग्रेस पराजय भएको चिन्ता जनतामा बढी रहेको पाईयो ।
 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा