धनगढीमा यसरी मनाइयो दूध दिवस

Milk Day
Milk Day
September 25, 3:47

धनगढी, असोज ८ - चौथो विश्व स्कुल दुग्ध दिवस धनगढीमा पनि मनाइएको छ । नेपाल डेरी ऐसोशियशनको आयोजनामा स्वच्छ दूध सेवन, दीर्घ जीवनयापन भन्ने मुलनाराको साथ दिवस मनाइएको हो । सो अवसरमा धनगढी उपमहानगरपालिकामा वडा नं. ३ मा रहेको शिव पार्वती अधारमुल विद्यालयमा नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष भूपेन्द्र थापाले अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जनप्रतिनिधि लगायत उपस्थित अतिथिहरूलाई खिर खुवाएर स्वागत गरिएको थियो । जन्म देखि मृत्यु सम्म दूधको आवश्यकता पर्ने भएकाले दूध व्यवस्थापन गरी प्रदेशका जनताको माग पूर्तिमा सरकारले चासो दिनुपर्ने थापाले बताए । 

Dudh


कार्यक्रममा एसोसिएसनका केन्द्रीय उपाध्यक्ष कर्ण ब. हमालले नागरिकहरूमा दूधको प्रयोग बारे आफुहरुले जानकारी गराउँदै आएको बताए । दूध मानव स्वास्थ्यका लागि समेत अति आवश्यक पदार्थ भएकाले सबैले यसको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । 
कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहनुभएका धनगढी उपमहानगरपालिकाका वडा अध्यक्ष बल ब. ऐरले अन्य पेय पदार्थमा फजुल खर्च गर्नुभन्दा सबै नागरिकले परिवारमा दूध सेवनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले दूधको व्यावसायिक विकासकालागि वडा स्तरबाट आफूले गर्नुपर्ने पहलमा समेत प्रतिबद्धता गरे । 
कार्यक्रममा एसोसिएसनकी प्रदेश सदस्य भागरथी कार्कीले अतिथिहरूलाई स्वागत मन्तव्य वाट स्वागत गर्नुभएको थियो । 

Milk


 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा