दलित अधिकार सम्बन्धी अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न 

11
11
September 29, 8:03

धनगढी, असोज १२ - राष्ट्रिय दलित नेटवर्कको आयोजनामा विजय दशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा दलित अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज धनगढीमा सम्पन्न भएको छ । 
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कागेस संसदीय दलका सचेतक एवं सुदूरपश्चिम प्रदेशका सांसद टेक बहादुर रैकाले संवैधानिक रूपमा दलित अधिकार भएता पनि कार्यान्वयन गर्ने  निकायको नियत र खराब रहेका कारणले प्राप्त उपलब्धि समेत गुम्न सक्ने भएकाले सबैले खबरदारी गर्न जरुरी रहेको बताउँदै विजय दशमी,दीपावली तथा छठको अवसरमा शुभकामना व्यक्त  गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि नेकपाका नेता, पूर्व सांसद एवं दलित तथा हलिया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाईलीले सुदूरपश्चिममा अहिले पनि दलित तथा मुक्त हलियाको अवस्था दयनीय रहेको बताउँदै व्यवस्था परिवर्तन भएता पनि दलित,मुक्त हलिया तथा पछाडि पारिएका सिमान्तकृत समुदायको अवस्थामा सोचे अनुरूपको विकास र परिवर्तन हुन नसकेको बताउनु भयो । 
साथै नेता श्रीपाईलीले दलित समुदायको आर्थिक, सामाजिक शैक्षिक समग्र विकास र अधिकारका लागि अधिकार मुखी सशक्त आन्दोलनको खाँचो रहेको औल्याउदै सबैमा शुभकामना व्यक्त गर्नुभयो । 

11


कार्यक्रममा गरिबी निवारण कोषका पूर्व केन्द्रीय सदस्य वसन्त बाग चन्द, धनगढी उपमहानगरपालिका नगर कार्यपालिका सदस्य प्रेम विक, मानवअधिकार संरक्षण मञ्चका प्रदेश सचिव राजेन्द्र रैका, दलित नेता नर विक, गोपाल पार्की, परियार सेवा समाजका केन्द्रीय सदस्य हिक्कमत दर्जी, धनगढी उपमहानगरपालिका वडा नं ३ की वडा सदस्य राधा विक, वडा नं ५ की वडा सदस्य माया ताम्राकार, नेपाल राष्टि«य दलित समाज कल्याण सङ्घका पतिराम सोब लगायतकाले दसैँ तथा चाडपर्वको समयमा विभिन्न मठ मन्दिर तथा सार्वजनिक स्थालहरु समुदाय माथि जातीय विभेद, छुवाछुत तथा मानवअधिकार हननका घटनाहरू बढी मात्रामा घट्ने भएकाले सामाजिक सचेतीकरण, खबरदारी तथा निगरानी गरी सामाजिक सद्भाव, सहिष्णुता तथा भ्रातृत्व कायम गर्ने कार्यमा सबैको सहकार्य आवश्यक रहेको  बताउँदै शुभकामना व्यक्त गर्नुभयो । 
कार्यक्रममा धनगढी उपमहानगरपालिका भित्रका दलित महिला वडा सदस्यहरू, विभिन्न सङ्घसंस्था प्रतिनिधिहरू, शिक्षक र दलित समुदायको सहभागिता रहेको थियो । 
कार्यक्रम दलित नेटवर्कका जिल्ला उपाध्यक्ष बसन्ती सोबको अध्यक्षतामा सम्पन्न भएको थियो । यसै गरी नेटवर्कले हरेक वर्ष झैँ यस वर्षको विजया दशमीमा पनि दलित समुदाय बिच एकता सद्भाव, भ्रातृत्व, भाइचारा र सहिष्णुता कायम गर्ने उद्देश्यले धनगढी उपमहनगरपालिकाको फुलबारीमा सामूहिक टिका जमरा कार्यक्रमको आयोजना गर्ने उक्त अवसरमा जानकारी गराइएको थियो ।

33

 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा