युवतीलाई राति बसबाट झारेर पाँच जनाले गरे सडक छेउमै बलात्कार, तीन जना पक्राउ

Rape
Rape
October 02, 12:19

असोज १५ - 
इटहरीमा एक युवती पाँच जनाबाट सामूहिक बलात्कारमा परेकी छन् । बलात्कार आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैचा वडा नम्बर १२ का बसचालक विकास कसई, झापा सुरुङ्गा ४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय इटहरीले उनीहरुलाई पक्राउ गरेको हो । अन्य दुई जना भने फरार रहेको प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिए । उनकाअनुसार घटनामा संलग्न भएका मोरङ बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार रहेका छन् ।

उनीहरुले युवतीलाई सोमबार राति इटहरीको धरान-विराटनगर सडकखण्डको साथी पेट्रोलपम्प नजिक सामूहिक बलात्कार गरेका थिए ।

उनीहरुले धरानबाट को१ख ४६२६ नम्बरको बसमा युवतीलाई हालेर ल्याएको र रातिको समयमा रोडको छेउमा पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा