कैलालीमा लागु औषध सहित २ जना पक्राउ
October 03, 6:34
धनगढी, असोज १६ - कैलाली प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । आज बिहान बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ बस्ने २३ वर्षको सुरेश पुजारालाई ६ किलो चरेससहित प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै हिजो साँझ ध.उ.म.न.पा.२ बस्ने २१ वर्षको मनोज ढुङ्गाना लाई ४ ग्राम ७ सय १० मिलिग्राम लागु औषध (खेरो हिरोइन) सहित प्रहरीले पक्राउ गरेको हो ।
पुजारालाई अत्तरियाबाट काँधमा प्लास्टिकको बोरा बोकी हिँडिरहेको अवस्थामा रोकी चेक जाँच गर्दा प्लास्टिकको बोरामा आलुसहित सेतो कपडामा बेरी लुकाई छिपाई राखेको अवस्थामा चरेसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । ।
ढुङ्गाना भने धनगढीमै पक्राउ परेका हुन् । उनीहरूका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 10, 6:34
April 15, 6:32
October 12, 12:50
April 20, 3:59
October 16, 4:24
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा