लम्कीमा खुकुरी प्रहारबाट एक जना घाइते

Injury
Injury
October 05, 12:48

धनगढी, १७ असोज – कैलालीको लम्कीमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । शुक्रवार बिहान लम्की चौराहामा लम्किचुहा नगरपालिका २ मोतिपुरका ३० वर्षीय कृष्ण बहादुर बुढामगर माथि खुकुरी प्रहार भएको हो । तीन जनाको समूहले उनी माथि खुकुरी प्रहार गरेको कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।

ती मध्ये एक जनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ पर्ने लम्कीकै स्थानीय रमेश शाही रहेका छन् । घाइते मगरको लम्की स्थित लालरत्न अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागी कोहलपुर रेफर गरिएको प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।

उनको खुट्टा र पाखुरामा चोट लागेको छ । अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरूबिच बिहीबार साँझ झडप भएको बुझिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा