गाई पाले दुध दिन्छ, भैसी पाले मोहि, हिजो मैले छोरो पाले, के पाएत खै ? एकपटक पूरा पढ्नुहोला !

Mom
Mom
October 08, 7:50

गाई पाले दुध दिन्छ , भैसी पाले मोहि, हिजो मैले छोरो पाले,के पाएत खै ? रुख हुर्काए फल दिन्छ,कुखुरा हुर्काए मासु, छोरा छोरी हुर्काएर , आखा भरी आसु । उठन बस्न सक्दिन ,पापी पेट रुन्छ , नत छोरा न बुहारिले,मेरो कुरा सुन्छ । कहिले आउला काल भनी, दिनहरु गन्छु, छोरा तैले न्याय पायस,अन्न्याय म सहन्छु। ९ महीना सम्म आमाले हामीलाई पेटमा पाल्छिन ! गर्भावस्था भरी वाकवाकी सहन्छिन ! खुट्टा सुन्याई-सुन्याई पेटको छाला तन्किन्जेल सम्म बोक्छिन ! दुख, पिंडा, आंसू, पसीना, र रोदन सहेर पनि हामीलाई केहि नहोस भनेर ध्यान दिन्छिन !

सिंडी चड्डा गार्हो हुन्छ , जुत्ता लगाउन झुक्न सक्दिनन तैपनि पेटको नानीलाई केहि नहोस भन्ने चाहन्छिन ! सूत्दा कोल्टे परेर सुत्छिन ! पेट भित्र नानीले हानेको लात्तीले उनको निंद्रा बिगारिदिन्छ ! पेट भित्र बच्चा चल्दा उनको भोक उड्छ ! त्यसपछि मुटु फूटने व्यथा सहेर हामीलाई जन्माउँछिन . ऊनि हाम्रो नर्स बन्छिन छाती को दशधारा दूध चुसाएर हुर्काउछिन ! ऊनि हाम्रो भान्से बान्छिन ! ऊनि हाम्रो नोकर बान्छिन ! पुलिस बनेर सुरक्षा दिन्छिन !

गुरूआमा बनेर क ख रा शिकाउछिन , ड्राइभर बनेर घुमाउन लैजान्छिन ! फ्यान बनेर प्रसंसा गर्छिन . साथी बनेर माया गर्छिन ! हाम्रो लगी संघर्ष गर्छिन , रुन्छिन् कराउछिन, अरुसंग झगड़ा गर्छिन ! खांदा, पिउदा, घुम्दा नानी पाहिले भनेर बच्चालाई पहिलो प्राथमिकता दिएर मात्र आफु खान्छिन हाम्रो लागी अहोरात्र खट्छिन . डॉक्टर बनेर स्वास्थ्य को ध्यान राख्छिन ! तैपनि यसको बदलामा केहि माग्दीनन तर आजका छोरा-छोरीहरु यसको बदलामा बूडाभएका बा-आमा लाई बृद्धाश्रम पठाउँछन ।

आमालाई सम्झाउने उखान

आमाको दूधको भारा कति गरे पनि तिरिंदैन

आमा छउञ्जेल माइति

आमा छउञ्जेल मीठो मसिनो, बाबु छउञ्जेल लामो चोलो

आमा छोरीको ऐचोपैंचो, बाबु छोराको लेनदेन

आमा जगल्टे, छोरो पखेटे, नाति मट्याङ्ग्रे

आमाजस्ती सासू भए किन आउँथे आँसु

आमा झुत्री, छोरी कुप्री, नातिनी सल्सलाउँदी

आमा तिरको मामा न बाबु तिरको काका

आमा तिरको साइनु न बाबु तिरको साइनु

आमा दयामा पाइन्छिन्, बाबु पाउन मात्र दुर्लभ छ

आमा दिन्छे, छोरी खान्छे

आमा देखे भोक हराउँछ

आमा, धानका भातको कुरा गर न, खाए जस्तो त हुन्छ

आमा पछिको मामा, दाजु पछिकी भाउजु

आमा पट्टकिो न बाबु पट्टकिो

आमा बाबु उठेका, छोराछोरी सुतेका

आमा बाबुको थाप्लोमा गीर खेल्ने, स्वास्नीले हप्काएपछि लगलगी काम्ने

आमाबाबुको नाता पुरानो, छोराछोरीको नाता नयाँ

आमा बाबुको मन छोरा छोरी माथि, छोरा छोरीको मन ढुंगामुढा माथि

आमा बाबुको माथि हिंड्ने, स्वास्नीलाई शीरमा धर्ने

आमा बाबुको माया छाती भित्र, तरुनीको माया अँगालोभित्र
आमाबाबु थिएनन्, बिहे गरिदिएनन्

आमा बाबुले भनेको मानिन, आफुले जानिन, बेला पनि बित्यो, बुद्धि पनि पलायो

आमा बिनाको के घर, बाबु बिनाको के थर

आमा बिनाको घर के काम

आमा बिनाको संसार सधैं अँध्यारो

आमा भए बालाई किन अर्काको दोष लाग्थ्यो र

आमा भीख माग्न दिन्नन्, बाबु खान दिंदैनन्

आमा मरेको छोरो बिग्रिदैन, बाबु मरेको छोरो सप्रँदैन
आमा र भाउजु एउटै हो

आमा लहरे, बाबु पहरे, दाजु कोपिले, भाइ भुकुल्ले
आमालाई छोराका विहाको कुरा मात्रै गर्न पाउँदा पनि बुहारी ल्याए जस्तै लाग्छ

आमालाई छोराछोरीलाई गर्भैदेखि लात हान्छन्

आमाले काटेको र बाबुले चाटेको

आमाले कुट्दा दुख्दैनन्

आमाले दिएको सिस्नाको तिहुन पनि खीरैखीर हुन्छ

आमा सम्झे मातातीर्थ जानू, बाबु सम्झे गोकर्ण जानू
आमा सित मामाको बखान

आमा हुन साह्रो, बाउ हुन सजिलो

आमैका अगाडि बाबैका दुहाई

आमाका पेटबाट र कुमालेका चक्रबाट राता, काला, नीला थरीथरीका निस्कँदै जान्छन्

आमाका पेटबाटै जानेर त कोही पनि आएको हुँदैन

आमा चाहिं बेस्करी कुट्ने, छोरो चाहिं ए आमा ए आमा भन्दै उठ्ने

From:simpalonline.com

सम्बन्धित वर्गका समाचारहरू

एक वर्षमा गौरीफन्टा–गड्डाचौकीबाट साढे ४ लाख नागरिक रोजगारी खोज्न…
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
गरिब–असहायको सहारा बनिरहेकी जयन्ती : तीजको अवसरमा विपन्नलाई राहत…
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा
आश बोकी जानेहरु लाश बनि आँउदा : मलेसियाबाट एकै दिन २४ नेपालीको…
धनगढी – शनिवार एकै दिन मलेसियाबाट २४ जना नेपालीको शव र अस्तु नेपाल आई पुगेको छ । रोजगारीको… विस्तृतमा
विद्यार्थी रमिता चन्दले साईप्रसबाट रकम संकलन गरि बिपन्न…
जेठ२८,२०७८ साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरि नेपालका… विस्तृतमा