टी-२० सिरिजः आज आयोजक ओमानसँग खेल्दै नेपाल

Cricket
Cricket
October 10, 6:40

असोज २३ -

काठमाडौं–ओमानमा जारी पाँच देशको सहभागिता रहेको टी २० सिरिजको अन्तिम खेलमा आज नेपालले घरेलु टोली ओमानको सामना गर्ने भएको छ ।

ओमानको एकेमडेमी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार ३ः१५ बजेबाट शुरु हुनेछ । जारी प्रतियोगितामा सबैभन्दा बलियो टिमका रुपमा देखिएको ओमानविरुद्ध नेपालले जित हासिल गर्नु त्यति सहज छैन । तर पनि नेपाल ओमानविरुद्ध जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ ।

ओमानले अहिलेसम्म तीन खेलमा तीनैमा जित निकालेको छ । ओमानले घरेलु मैदानमा नेदरल्याण्ड, हङकङका साथै टेष्ट मान्यता टिम आयरल्याण्डविरुद्ध जित हासिल गरेको हो ।

नेपालले खेलेका तीन खेलमा दुईमा जित र एक हार ब्यहोरेको छ । बुधबार भएको खेलमा नेपाल आयरल्याण्डविरुद्ध १३ रनले पराजित भएको हो ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा