बाजुरामा पदम खत्री स्मृतिमा बडिमालिका भलिबल प्रतियोगिता सुरू

Volley ball
Volley ball
October 10, 6:44

असोज २३ -

बाजुरा - जिल्लाको त्रिवेणि नगरपालिका ९ मा पदम खत्री स्मृतिमा बडिमालिका भलिबल खुला कप प्रतियोगिता सुरू भएको छ । कार्यक्रमको आज एक कार्यक्रमका बिच प्रमुख अतिथि त्रिवेणी नगरपालिका प्रमुख राम सिहं रावलले उद्धघाटन गरे ।

समाज सेवि पदम खत्रीको समझनाको लागि दशै तिहारको अवसर पारि भलिवल कार्यक्रमको आयोजना गरेको स्वर्गीय पदम खत्रीका छोरा राजेन्द्र खत्रीले बताए । स्वर्गीय बुवाको समझनामा दोस्रो पदम खत्री बडिमालिका कप भलिबलको आयोजना गरेको खत्रीले बताए ।

कार्यक्रममा स्वर्गीय पदम खत्रीको धर्म पत्नी सुर्जा खत्रीलाई कार्यक्रमका प्रमुख रामसिहं रावलले दोसला ओडायर सम्मान गरेको थियो ।

भलिवल प्रतियोगितामा १६ वटा टिमहरूको सहभागी रहेको आयोजक समितिका सह सयोजक रतन खत्रीले बताए । भोलिवल प्रतियोगिता तीन दिन सम्म सञ्चालन हुने छ । कार्यक्रमको विशिष्ट अथिति वडा न ९ का वडा अध्यक्ष वीर बाहादुर विष्ट र वडा न ७ का अध्यक्ष प्रेम बहादुर थापा रहेका थिए । कार्यक्रमको सञ्चालन कर्ण बहादुर थापाले गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा