मध्यपूर्वको प्रतिनिधित्व गर्दै नरेन्द्र भाटद्धारा उपाध्यक्षमा उम्मेदवारी

NRN Narendra Bhat
NRN Narendra Bhat
October 11, 7:18

धनगढी, असोज २४ -

गैर आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन तथा आगामी नेतृत्वका लागि कतारबाट नरेन्द्र भाटले आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएन अभियानमा लागेका पुराना अभियन्ताका रुपमा चिनिने भाटले आगामी कार्यकालका लागि मध्यपूर्वको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएन अभियानमा मध्यपूर्वको महत्व रहँदै आएता पनि माथिल्लो तहको नेतृत्वमा पुगेर काम गर्नका लागि सबैको आग्रहलाई स्वीकार्दै भाटले पदमा नै बसेर एनआरएनमार्फत मध्यपूर्वका मुद्धा सामाधान गर्ने बताएका छन् ।
सन् २००२ बाट कतार छिरेर प्रवासी जीवन बिताउन थालेका भाटले एनआरएनए कतारमा रहेर विभिन्न तह र तप्काबाट संस्थामा काम गरिसकेका छन् । उनले २००७ – २००९ सम्म कतारको महासचिवको पदमा रहि काम गरेका थिए । भाटको लगनशील र मेहनतलाई मूल्यंकन गर्दै फेरि २००९– ०११ अध्यक्षको कार्यकालको लागि चुनिएका थिए । २०११–०१३ सम्म मध्यपूर्व संयोजकको रुपमा एनआरएनएमा रहेर मध्यपूर्वको हरेक नेपालीहरूको नजिक रहि साँझा समस्याहरूको सम्वोधन गर्न साथै अधिकारका लागि एकबद्ध भएर अगाडि बढ्न प्रोत्साहन गरे ।

भाटको कार्य यत्तिमा मात्र सीमित रहेन तत्पश्चात २०१३–०१५ को लागि आईसीसी उपाध्यक्षमा उम्मेदवार साथैै सल्लाहकार भएर पनि संस्थालाई अगाडि बढाउन र सम्पूर्ण एनआरएनहरूको साँझा मुद्धाहरूमा आफ्नो भूमिका निर्वाह गर्दै पुनः सन २०१५–०१७ का लागि आईसीसी उपाध्यक्ष साथै संगठनको सल्लाहकारकै पदमा रहि भूमिका निर्वाह गर्दै संगठनप्रति बफादार भएर सहयोग गरेका थिए ।

आफ्नो आइसीसी उपाध्यक्षको उम्मेदवारी प्रष्ट पार्दै भाट भन्छन्–‘ एनआरएनएमा मध्यपूर्वबाट लगातार १५ बर्षदेखि संस्थापक अध्यक्ष डा।उपेन्द्र महतोदेखि वर्तमान अध्यक्ष भवन भट्टसम्म काम गरेको अनुभवले संस्थालाई थप उचाईमा लग्न मैले उपाध्यक्षमा उम्मेदवारी दिएको छु ।’

संस्थामा पदमा मात्र होइन बाहिर बसेर काम गरेको अनुभव भाटसँग छ । मध्यपूर्व मात्र होइन विश्वमा रहेका एनआरएनहरुले एक पटक नरेन्द्र भाटलाई आइसीसी उपाध्यक्ष बनाउन आतुर छन् ।

NRn

 

सम्बन्धित वर्गका समाचारहरू

एक वर्षमा गौरीफन्टा–गड्डाचौकीबाट साढे ४ लाख नागरिक रोजगारी खोज्न…
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
गरिब–असहायको सहारा बनिरहेकी जयन्ती : तीजको अवसरमा विपन्नलाई राहत…
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा
आश बोकी जानेहरु लाश बनि आँउदा : मलेसियाबाट एकै दिन २४ नेपालीको…
धनगढी – शनिवार एकै दिन मलेसियाबाट २४ जना नेपालीको शव र अस्तु नेपाल आई पुगेको छ । रोजगारीको… विस्तृतमा
विद्यार्थी रमिता चन्दले साईप्रसबाट रकम संकलन गरि बिपन्न…
जेठ२८,२०७८ साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरि नेपालका… विस्तृतमा