कांग्रेस नेता चोखालको स्मृतीमा बृहत रक्तदान

Chokhal Blood Donation
Chokhal Blood Donation
October 12, 3:52

धनगढी, असोज २५ -पूर्व मन्त्री स्व.टेकबहादुर चोखालको स्मृति दिवसमा धनगढीमा विभिन्न कार्यक्रम गरिएको छ । टेकबहादुर चोखाल स्मृति प्रतिष्ठान धनगढीले बृहत रक्तदान तथा आमाको माया छात्राबासमा खाद्यान्न वितरण गरेको छ । प्रतिष्ठानका अध्यक्ष विनय चोखालको अध्यक्षतामा भएको बृहत रक्तदान कार्यक्रममा नेपाली का“ग्रेस कैलाली सभापति नरनारायण शाह (मनु) प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड, उपप्रमुख शुशिला मिश्र भट्ट, टेकबहादुरकी धर्म पत्नी कल्पनादेवी चोखाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली का“ग्रेस कैलाली सभापति नरनारायण शाह (मनु)ले स्वर्गिय टेकबहादुर चोखाल निर्धाको नेता भएको बताए । उनले भने ‘स्वर्गिय नेता चोखाल न्यायका पक्षमा बोल्ने खुला मनको नेता हुनुहुन्थ्यो । जहिले पनि कमजोर बर्ग, समुदाय र ब्यक्तिका पक्षमा बोल्नु हुन्थ्यो ।’ उनले नेता चोखालको राजनीतिक र सामाजिक क्षेत्रमा ठूलो योगदान रहेको स्मरण गरे । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले स्वर्गिय नेता चोखाल क्षमतावान वकिल र अन्यायमा परेकाहरुलाई न्याय दिलाउन लागेको स्मरण गरे । उनले राजनीतिक रुपमा स्वर्गिय नेता चोखालको झनै ठूलो योगदान रहेको बताए । उनले प्रजातन्त्रका लागि पटक–पटक जेल जिवन बिताउनु भएका नेता चोखालको योगदानको आफुहरुले सधै कदर गर्ने बताए । रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको जनाइएको छ । अध्यक्ष विनयले चाडवाडमा कतैबाट पनि रक्तदान कार्यक्रम नभएकोले रगतको अभाव हुन नदिन सो कार्यक्रम गरिएको बताए ।

यस्तै स्मृति दिवसको अवसरमा धनगढीस्थित आमाको माया छात्रावासमा खाद्यान्न सामाग्री वितरण गरिएको थियो । अध्यक्ष चोखालका अनुसार छात्रावासमा दुई कठ्ठा चामल, चिउरा, तेल, फलफूल लगायत गरि १० हजार रुपैया“ वरावरको खाद्यान्न सामाग्री वितरण गरिएको हो । स्वर्गिय चोखाल नेपाली कांग्रेसका नेता थिए । २०४८ सालमा कैलाली क्षेत्र नं ४ बाट निर्वाचित नेता चोखाल नेपाली कांग्रेसका सचेतक पनि बनेका थिए । २०५१ सालको मध्यावती निर्वाचनका सोही निर्वाचन क्षेत्रबाट पराजित भएका थिए । २०५६ सालमा पुनः निर्वाचित चोखाल कानुन मन्त्री बनेका थिए । २०६३ सालका ह्दयघातका कारण नेता चोखालको मृत्यू भएको थियो ।

Blood

 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा