कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भिर घाइते

aCCIDENT
aCCIDENT
October 12, 6:09

धनगढी,  असोज २५ – कैलालीको टीकापुरबाट चिसापानी जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

से ७ प १४९६ नम्बरको मोटरसाइकल लम्की चुहा नगरपालिका ३ चिसापानी नजिकै गोरुङगे पुलमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार टीकापुर १९ का २० वर्षीय मदन शाहीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका शाहीको लम्की स्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश कार्कीले बताए ।

मोटरसाइकल चालक टीकापुर नगरपालिका वडा १९ का २१ वर्षीय अभिषेक सोडारी गम्भीर घाइते भएका छन् । उनको लालरत्न अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा