ढाका टोपी पहिराएर बधाई तथा सम्मान प्रदान 

Sudoor
Sudoor
October 14, 7:11

असोज २७
धनगढी,

हाम्रो संस्कृति हाम्रो पहिचान नेपालको आयोजनामा सुदूर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका नव निर्वाचित पदाधिकारी सदस्य ज्यूहरूमा हार्दिक बधाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।  
         सुदुरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका नवनिर्वाचित पदाधिकारीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय डिल्ली राज पन्तले ढाका टोपी लगाएर बधाई तथा सम्मान प्रदान गर्नु भएको थियो भने संस्थाका अध्यक्ष सुरत रावत डोटेली कान्छाले अबिर लगाई बधाई ज्ञापन गर्नु भएको थियो ।

1

   नवनिर्वाचित लाई बधाई दिँदै कार्यक्रमका प्रमुख अतिथि सांसद डिल्ली राज पन्तले हाम्रो संस्कृति हाम्रो पहिचान भएकाले संस्कृति जोगाउनु सबैको दायित्व भएको बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि एवं  कैलाली जन पुस्तकालयका अध्यक्ष डा। टि एन जोशी, सुदुरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष कार्यक्रमका विशिष्ट अतिथि धनबहादुर बलायर सुदूर पश्चिमेली नेपाली वरिष्ठ उपाध्यक्ष ईश्वर रोकाय, समाजका महासचिव दिलेन्द्र जोशी, निवर्तमान महासचिव अमृत शाही  धनगढी उप महानगरपालिका कार्यपालिका सदस्य यशोदा भण्डारी, संस्कृतिकर्मी भक्तराज जोशी, हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका उपाध्यक्ष देउडा गायक दलबहादुर बोगटी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कैलाली जिल्ला प्रथम उपाध्यक्ष गोविन्द साउँद , हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका सचिव सुरेन्द्र संगम, हास्य कलाकार खगेन्द्र राज जोशी हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका कोषाध्यक्ष प्रेम विवश चन्द लगायतले  मन्तव्य व्यक्त गर्नु भएको थियो । संस्थाका अध्यक्ष सुरत रावत (डोटेली कान्छा) को सभापतित्वमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय डिल्ली राज पन्तको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको कार्यक्रममा कैलाली जन पुस्तकालयका अध्यक्ष डा. टि एन जोशी, सुदुरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धनबहादुर बलायर विशिष्ट अतिथि रहनु भएको थियो ।

 

सम्बन्धित वर्गका समाचारहरू

एक वर्षमा गौरीफन्टा–गड्डाचौकीबाट साढे ४ लाख नागरिक रोजगारी खोज्न…
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
गरिब–असहायको सहारा बनिरहेकी जयन्ती : तीजको अवसरमा विपन्नलाई राहत…
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा
आश बोकी जानेहरु लाश बनि आँउदा : मलेसियाबाट एकै दिन २४ नेपालीको…
धनगढी – शनिवार एकै दिन मलेसियाबाट २४ जना नेपालीको शव र अस्तु नेपाल आई पुगेको छ । रोजगारीको… विस्तृतमा
विद्यार्थी रमिता चन्दले साईप्रसबाट रकम संकलन गरि बिपन्न…
जेठ२८,२०७८ साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरि नेपालका… विस्तृतमा