दिपायलमा ‘डोटी प्रिमियर लिग क्रिकेट’ हुने 

Cricket
Cricket
October 17, 5:26

असोज ३०
डोटी - दिपायलमा ‘डोटी प्रिमियर लिग खुल्ला क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ । दुई लाख ११ हजार एक सय ११ प्रथम पुरस्कार राशिको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो ।  आयोजक संस्था नयाँ समाज नेपालले बिहीबार दिपायलमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्तिक ४ गतेबाट प्रतियोगिता आयोजना हुनलागेको सार्वजनिक गरेको छ ।  ‘दिपायलमा बिगतवर्षहरुदेखी नै यही समयमा ठुला क्रिकेट प्रतियोगिता आयोजना हुदैआएका छन्,’ आयोजक संस्थाका अध्यक्ष रोशन कठायतले भने,‘त्यसको निरन्तरता पनि रहोस् र क्रिकेट क्षेत्रमा विशिष्ट प्रतियोगिताको पनि सुरुवात गरौँ भनेर यो प्रतियोगिता आयोजना गर्न लागेका हौ ।’ प्रतियोगितामा देशभरकै टिमहरू सहभागी हुनसक्ने आयोजकले जनाएको छ । जसमा कम्तीमा १२ वटा टिमहरू आउन सक्ने आयोजकको अपेक्षा छ । ‘हाम्रा अपेक्षा देशका विभिन्न ठाउँका टिमहरू आईदिउन र बिगतबर्षहरुमा जस्तै राष्ट्रिय टिममा रहेर खेलिरहेका खेलाडीहरू दिपायलको मैदानमा उत्रिउन् भन्ने हो,’ अध्यक्ष कठायतले भने । प्रतियोगिता दिपायलस्थित खप्तड रङ्गशालामा आयोजना हुनेछ ।  प्रतियोगिताका खेलहरू टी–ट्वेन्टी फर्मेटमा हुने आयोजकले जनाएको छ ।   सुरुवाती खेलहरू लिगमा हुने र क्वार्टरफाईनपछि नकआउट चरणमा खेल हुने जनाइएको छ ।  प्रतियोगितामा ‘प्लेयर अफ द सिरिज’, ‘वेस्ट बलर’ र ‘वेस्ट ब्याट्सम्यान’लाई पनि पुरस्कारको व्यवस्था गरिएको ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा