सेनिटर प्याड वितरणलाई सहज बनाउन नगर प्रमुखको निर्देशन

Nirpa ODD
Nirpa ODD
October 21, 3:23

धनगढी, 
कातिक, ४ -
धनगढी उप–महानगरपालिका क्षेत्रका सामुदायीक विद्यालयका छात्राहरुले निःशुल्क सेनिटरी प्याड पाउने भएका छन् ।
जिआईजेड र मित्र समाजको साझेदारी तथा धनगढी उप–महानगरपालिको समन्वयमा किशोरावस्थाको यौन तथा प्रजनन् स्वास्थ्य र महिनावारी सरसफाई ब्यबस्थापन सम्वन्धी कार्यक्रम अन्तरगत धनगढी उप–महानगरपालिका क्षेत्रका ४५ वटा सामुदायीक विद्यालयका कक्षा ६ देखि कक्षा १२ सम्मका छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण गर्न थालेको हो । विद्यालयमा छात्राहरुले सेनिटरी प्याड निःशुल्क पाउने भएपछि उनिहरुलाई विद्यालय नियमित बनाउँछ धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, महिनावारी भएका कारण छात्राहरु नियमित विद्यालय नआउने गरेको गुनासो सुनिन्छ । 
छात्राहरु नियमित विद्यालय आउन थालेपछि विद्यालय छोड्नेदर पनि घट्ने नगरप्रमुख वडले बताए । नगरप्रमुख वडले सबै विद्यालयहरुमा छात्रामैत्री सौचालय निर्माण गर्ने काम भैरहेको बताए । महिलाहरु महिनावारी हुनु भनेको सन्तान जन्माउन योग्य छ भनेर बुझ्नुपर्छ नगरप्रमुख वडले भने, यसलाई यसलाई महिलाको पूर्वजन्मको पाप भनेर छाउगोठमा राख्नु अपराध हो । 
कैलालीको गोदावरी नगरपालिकाका शिक्षा महाशाखा प्रमुख बसन्त खत्रीले छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण गर्ने कार्यक्रम निकै प्रभावकारी भएको बताए । उनले भने, यसले छात्रा संगै महिनाबारी भएको बेला विद्यालय नआउने शिक्षिकाहरुलाई पनि नियमित बनाउँछ ।
कार्यक्रममा सहभागीहरुले सामुदायीक विद्यालय संगै संस्थागत विद्यालयमा पनि छात्राहरुका लागि सेनिटरी प्याडको ब्यबस्था गर्नुपर्ने सुझाव दिए ।   
 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा