कार्तिक १६ गतेबाट सुरु हुने एलपिएलको तयारी अन्तिम चरणमा

LPL
LPL
October 22, 6:31

धनगढी,

कार्तिक ५- 
धनगढीमा कार्तिक १६ गतेबाट आयोजना हुने लिटल फ्लावर प्रिमियर लिगको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्कार क्रिकेट एकेडेमीले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी तीव्र पारिएको जानकारी दिएको हो । एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिताको ८० प्रतिशत तयारी सकिएको जानकारी गराउँदै खेल मैदान र पीच निर्माण कार्य जारी रहेको जानकारी दिए । 
कार्तिक १६ देखि २६ गतेसम्म धनगढीकै सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा देशभरका १२ विद्यालयको सहभागिता रहने शाहीको भनाई छ ।
प्रतियोगिताको विजेताले २ लाख पुरस्कार राशि प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसै गरी, उपविजेताले नगद एक लाख, प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ । 
लिग कम नकआउट फ्म्र्याटमा हुने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी हुनु पर्ने आयोजकले जानकारी दिएको छ । 
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरूमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ । विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष शाहीले बताए । धनगढी क्रिकेटको सहर भइसकेपछि विद्यालय स्तरीय प्रतियोगिता हुन आवश्यक रहेको उनको भनाइ छ । 
कार्यक्रममा नेपाल क्रिकेट सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरि रेग्मीले प्रतियोगिताका लागि प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले क्यानको निलम्बन फुकुवा भइसकेको कुरा उल्लेख गर्दै यो लगायत अन्य प्रतियोगितामा समेत आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए । 
यसै गरी, मुख्य प्रायोजक निष्ट कलेजका संस्थापक प्राचार्य डा. माधवप्रसाद बरालले निस्ट कलेजले एलपीएललाई विगतदेखि नै सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । 

  • प्रतियोगितामा सहभागी हुने विद्यालयहरू:

१. सत्यवती एकेडेमी अत्तरिया कैलाली
२. एविसी आवासीय बोर्डिङ स्कुल, नेपालगन्ज, बाँके
३. नोबेल एकेमडी, दोधारा चाँदनी, कंचनपुर
४. सरस्वती नमुना माध्यमिक विद्यालय, गेटा कैलाली
५. शारदा माध्यमिक विद्यालय धनगढी २ कैलाली
६. सैनिक आवासिय महा विद्यालय, तेघरी कैलाली
७. हिमालयन ह्वाईट हाउस वल्र्ड स्कुल, काठमाडौँ
८. भक्तपुर निष्ट स्कुल, भक्तपुर
९. लिटल बुद्ध एकेडेमी महेन्द्रनगर, कंचनपुर
१०. शारदा विद्या निकेतन बोर्डिङ हाई स्कुल, धनगढी ५ तारा नगर कैलाली
११. त्रिनगर माध्यमिक विद्यालय, धनगढी कैलाली
१२. लिटल फ्लावर बोर्डिङ हाई स्कुल, मिलन चोक धनगढी कैलाली
 

LPL

 

lpl

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा