बोगटान फुड्सिल गाउँपालिकाको गगुडामा पहिलो पटक विद्युत् विस्तारपछि स्थानीय खुसी
डोटी,
कात्तिक ७ -
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ६ गगुडामा पहिलो पटक बिजुली बत्ती पुगेपछि स्थानीयहरू हर्षित बनेका छन् ।
झन्डै ५ सय घरपरिवार भन्दा बढिरहेको गगुडामा बुधवार बिजुली बत्ती पुगेपछि स्थानीयमा खुसीयाली छाएको स्थानीय ले बताएका छन्।
वर्षौँदेखि टुकी बत्तीको भरमा कष्टकर जीवन बिताउँदै आएका गगुडा लगायतका स्थानीयमा बिजुली बत्ती आएसँगै खुसी भएको स्थानीय गणेश बमले बताए । ‘टुकी बत्तीको धिपधिपे उज्यालोमा छोराछोरी पढाउनुपर्ने अवस्थाको अन्त्य भएको छ’ अब घरमा फ्रिज, टिभी, इन्टरनेट, आइरन लगायतका विद्युतीय सामाग्री चलाउन पाउने भए पछि स्थानियहुरु मा हर्ष ल्याएको स्थानीय जितेन्द्र चन्दले बताउनु भयो।
वोगटान फुडसिल गाउँपालिका वडा न ६ का अध्यक्ष वीरेन्द्र चन्द्रले स्थानीय तहको चुनावमा आफूले गरेको बाचा पूरा गरेको बताउनु भयो। यहाँका जनतालाई बिजुली नहुँदा धेरै समस्या थियो, बालबालिकालाई पढ्न लेख्न भने खासै समस्या नभए पनि प्रविधिको विकास सँगै बिजुलीको हुन पनि आवश्यक रहेको ले अब, ‘यहाँका जनताका दुःखका दिन सकिए, सुखका दिन आए, अँध्यारो युगको अन्त्य भएर उज्यालो युगको सुरुवात भयको बताउनु भयो। उसो त गाउँ कार्यपालिकाको पहिलो बैठकले उज्यालो गाउँपालिका बनाउने निर्णय पनि पारित भएको थियो।
बुधवार नेपाल बिधुत प्राधिकरणको केन्द्रीय लाइनको बत्ती गाउँमा पुगेपछि बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिला द्वारा उद्घाटन गरिएको हो । केन्द्रीय लाइन बिस्तार र स्थानीय हाइड्रोपावर निरन्तरताको काम भइरहेको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताउनु भएको छ । बुधवार स्विच अन गरी बत्तीको उद्घाटन गरिएको हो।