एलपिएलः लिटिल बुद्ध, शारदा विद्या निकेतन र भक्तपुर निष्ट क्वाटरफाईनलमा

LPL 4
LPL 4
November 05, 5:57

धनगढी, १९ कात्तिक – लिटिल बुद्ध एकेडेमी कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी र भक्तपुर निष्ट स्कुल धनगढीमा जारी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो संस्करणको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । सङ्घीय प्रहरी कार्यालयको खेल मैदानमा मङ्गलवार भएका दोस्रो खेलले अन्तिम आठ पुग्ने तीन टीमको टुङ्गो लगाएको हो । समूह ए को विजेता बन्दै लिटल फ्लावर स्कुल क्वाटरफाईनलमा प्रवेश गरिसकेको अवस्थामा समूह ए को उपविजेता बन्दै लिटिल बुद्ध एकेडेमी पनि क्वाटरफाईनल पुगेको हो । लिटिल बुद्धले मङ्गलवार भएको दोस्रो खेलमा त्रिनगर माविलाई ९६ रनको फराकिलो अन्तरले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । सन्तोष भट्टको अलराउन्डर प्रदर्शनमा लिटिल बुद्धले क्वाटरफाईनलमा समूह बि को विजेता शारदा विद्या निकेतनसँगको भेट पक्का गरेको छ ।
सङ्घीय प्रहरी कार्यालयको खेल मैदानमा भएको दोस्रो खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको लिटिल बुद्धले २० ओभरमा ९ विकेट क्षतिमा एक सय ६५ रनको स्कोर खडा ग¥यो । उच्च योगफल बनाउने क्रममा लिटिल बुद्धका सन्तोष भट्टले ५४ बलमा ९४ रनको पारी खेले । त्यस्तै विशाल ऐरले २९ रनको अविजित पारी खेले । त्रिनगरका लागि अमित परियारले २ विकेट लिए । एक सय ६६ रनको विजय लक्ष्य पछ्याएको त्रिनगर १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ६९ रनमा समेटियो । त्रिनगरका लागि सिर्जन कुँवरले १२ र हिम्मत सेट्टीले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन अङ्क छुन सकेनन् । ३ जना खेलाडीले खाता समेत खोल्न पाएनन् । लिटिल बुद्धका लागि नीराजन गौतमले ५ विकेट लिए भने सन्तोष भट्टको नाममा ३ विकेट रह्यो । ९४ रन बनाउँदै ३ विकेट लिएका लिटिल बुद्धका सन्तोष भट्ट म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।
प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको पहिलो खेलमा हार व्यहोरेर पनि शारदा विद्या निकेतन क्वाटरफाईनल पुगेको छ । सरस्वती नमुना माविसँग १५ रनले हारे पनि शारदा समूह बि को विजेता बन्दै अन्तिम आठमा पुगेको हो । यो खेलको नतिजासँगै भक्तपुर निष्ट स्कुल पनि क्वाटरफाईनल पुगेको छ । समूह बि मा रहेका शारदा, सरस्वती र भक्तपुर निष्टले एक एक खेलमा जित र एक एक खेलमा हार व्यहोरेर समान २ अङ्क भए पनि रन रेटका आधारमा शारदा समूह बी को विजेता र भक्तपुर निष्ट उपविजेता बनेको हो । सरस्वती भने प्रतियोगिताबाट बाहिरिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको सरस्वतीले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ६५ रन बनायो । सो ईनिङमा सन्तोष चन्दले ५१ रनको अर्धशतकीय पारी खेले । ह्दिय विडारीले ४८ रन र विनोद खत्रीले २४ रन थपे । शारदाका लागि नरेन सावदले ३ र सुरेन्द्र पन्तले २ विकेट लिए । एक सय ६६ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभरमा ४ विकेट क्षतिमा एक सय ५० रन मात्रै बनाउन सक्यो । सो ईनिङमा अर्जुन सावदले ५२ रनको अर्धशतकीय पारी खेले । वीरेन्द्र नाथले ४१ रन र सुरेन्द्र पन्तले २५ रन बनाए । सरस्वतीका लागि ह्दिय विडारीले २ तथा सुनिल लोथ्याल र सन्तोष चन्दले एक एक विकेट लिए । ४८ रन बनाएर २ विकेट लिएका सरस्वतीका ह्दिय विडारी म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।
कार्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बुधवार दुई खेल हुनेछन् । पहिलो खेलमा नोबेल एकेडेमी कञ्चनपुर र सत्यवती एकेडेमी तथा दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालय र हिमालय ह्वाईट हाउस बिच प्रतिस्पर्धा हुने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिनुभयो ।
देशभरका १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिग कम नकआउट फ्म्र्याटमा हुने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी समावेश छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरूमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ । विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका प्रवन्ध निर्देशक कलेन्द्र शाहीले बताउनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा