आलमको अदालती बयान सकिएन, मंगलबार हिरासतमै रहने

AAlam
AAlam
November 05, 6:00

काठमाडौं, 

कार्तिक १९, २०७६ -

नेपाली कांग्रेसका नेता तथा ‘निलम्बित’ सांसद मोहम्मद अफताव आलमको अदालती बयान नसकिए पछि मंगलबार पनि उनलाई पुनः प्रहरी हिरासतमै फिर्ता पठाइएको छ ।

मंगलबार बिहान ११ः४५ बजेदेखि नै बयान प्रक्रिया शुरु गरिएको भएपनि पटक पटक रोकिएका कारण मंगलबार बयान प्रक्रिया विषयवस्तुमै प्रवेश नगरी सकिएको हो ।

मंगलबारको अदालती समय सकिएका कारण बुधबार बयान हुने गरी आलमलाई पुनः हिरासतमै पठाइएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

आलम पक्षका कानून व्यवसायीहरुले आफूहरुले अभियोग पत्र र मुद्दासँग सम्बन्धित मिसिलको नक्कल (प्रतिलिपि) नपाएको भन्दै बयान स्थगित गर्न माग गरेका थिए ।

पछि, ८३३ पृष्ठको मिसिल र ३९ पृष्ठको अभियोग पत्रको फोटोकपी गरेर आलमका कानून व्यवसायीलाई उपलब्ध गराइएको थियो ।

आलमका कानून व्यवसायीहरुले अभियोग पत्र र मिसिलको नक्कल पाएपछि दिउँसो ३ बजेर २० मिनेटबाट पुनः बयान लिन थालिएको थियो ।

बयानको शुरुवाती चरणमा जिल्ला न्यायाधीश दीपक ढकालले आलमको परिचय र उनको पारिवारिक पृष्ठभूमिबारे मात्रै प्रश्न गरे ।

‘आज आलमको बयानले विषयबस्तुमा प्रवेश नै गर्न पाएन । उनको परिचय र पारिवारिक पृष्ठभूमिको विषय मात्रै रेकर्ड गर्न पाइयो,’ जिल्ला अदालत रौतहटका श्रेस्तेदार पराजुलीले भने, ‘बुधबार बिहान १० बजे उपस्थित गराउने गरी उनलाई पुनः प्रहरी हिरासतमा पठाइएको छ ।’

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानूनी रुपमा विस्फोटक पदार्थ ओसारपोसार तथा उत्पादन गरेको अभियोगमा सोमबार जिल्ला अदालत रौतहटमा अभियोग पत्र दायर गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले आलमसहितका १० जनाविरुद्ध अभियोग पत्र दायर गरेपनि अरु भने फरार छन् ।
सरकारी वकिलले आलमसहितका अभियुक्त विरुद्ध आजीवन काराबासको सजाय मागदाबी गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा