निष्ट कलेज एलपिएल ४ : हिमालय वाईट हाउस र नोवेल एकेडेमी समुह विजेता

lpl 4
lpl 4
November 07, 6:17

कैलाली

कार्तिक २१ - 

हिमालय वाईट हाउस काठमाण्डौं र नोवेल एकेडेमी कञ्चनपुर धनगढी जारीमा निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरणमा आफ्नो समुहको विजेता बनेका छन् । 
यसअघि नै क्वाटरफाईनल पुगिसकेका दुवै टोली आफ्नो समुहका दुवै खेल जित्दै समुह विजेता बनेका हुन् । क्वाटरफाईनल पुग्ने ७ टोली पक्का भईसकेको अवस्थामा शुक्रवार हुने अन्तिम खेलको नतिजाले आठौं टीमको टुंगो लगाउनेछ । संघीय प्रहरी कार्यालयको खेल मैदानमा विहीवार भएको पहिलो खेलमा हिमालयनले वाईट हाउसले एवीसी स्कुल नेपालगंजलाई २० रनले हराएर समुह डी को विजेता बनेको छ । 
यसअघि वाईट हाउसले सैनिक आवसिय महाविद्यालयलाई १० विकेटले हराएको थियो । समुह डी मा शुक्रवार हुने एवीसी स्कुल सैनिक आवसिय बीचको लिग चरणको अन्तिम खेलमा जित हात पार्ने टोली अन्तिम आठमा पुग्नेछ ।
टस जितेर पहिले व्याटिंग गर्दै हिमालयन वाईट हाउसले २० ओभरमा सवै विकेट गुमाउँदै एक सय २५ रनको योगफल बनायो । वाईट हाउसको पारीमा नारायण जोशीले ३८ रन राम सुरत यादवले २१ रन र विवेक वुढाथोकीले १७ रन बनाए । २६ रनमा ५ विकेट गुमाएर धर्मराएको पारीलाई उकास्ने क्रमा छैठौं विकेटका लागि नारायण र विवेकले ५७ रनको साझेदारी समेत गरेका थिए । एवीसी स्कुलका लागि तुलाराम थापा र सुनिल चौहानले दुई दुई विकेट लिए । एक सय २६ रनको विजय लक्ष्य पछ्याएको एवीसी स्कुल १९ दशमलव १ ओभरमा अलआउट हुँदै एक सय ५ नमा समेटियो । विराट भण्डारीले ३७ रन र मोहमद ईमरान हस्लाओले २५ रन बनाए । 
वाईट हाउसका लागि आरियो पौडेलले ५ विकेट लिए । उनले पहिलो खेलमा पनि ५ विकेट लिएका थिए । उनी सर्वा्धिक विकेट लिने खेलाडीको शिर्षस्थानमा रहेका छन् । विहीवारको पहिलो खेलमा पनि आरियो पौडेल नै म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए । संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको दोस्रो खेलमा शारदा माविलाई ४२ रनले हराउँदै नोवेल एकेडेमी समुह सी को विजेता बनेको छ । पहिले व्याटिंग गर्दै नोवेलले २० ओभरमा ३ विकेट क्षतिमा एक सय ६२ रन बनायो । सो पारीमा किरन ठगुन्नाले ६० रनको अजिवित अर्धशतकीय पारी खेले । ४१ ब्लको सामना गरेका उनले ५ छक्का र ३ चौका प्रहार गरे । यस्तै गणेश विटालुले अजिवित ४६ रन बनाए । शारदाका लागि सोनु अन्सारीले २ विकेट लिए । 
एक सय ६३ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभरमा ९ विकेट क्षतिमा एक सय २० रन मात्रै बनाउन सक्यो । सो पारीमा सोनु अन्सारीले २६ रन र लक्ष्मण कठायतले १८ रन बनाए । नोवेलका लागि महेश विष्ट र अनिल थापाले दुई दुई विकेट लिए । अविजित ६० रन बनाएका नोवेलका किरण ठगुन्ना म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।
संस्कार क्रिकेट एकेडेमीको आयोजनामा भईरहेको प्रतियोगिताको लिग चरणको एक खेल वाँकी रहँदा क्वाटरफाईनल पुग्ने सात टोलीको टुंगो लागेको छ । समुह ए बाट लिटर फ्लावर विजेता र लिटिल वुद्ध उपविजेता भएर क्वाटरफाईनल पुग्दा समुह बी बाट शारदा विद्या निकेतन विजेता र भक्तपुर निष्ट स्कुल उपविजेता भएर अन्तिम आठमा पुगेका छन् । समुह सी मा नोवेल एकेडेमी विजेता शारदा मावि उपविजेता तथा समुह डी मा हिमालय वाईट हाउस विजेता बनेर क्वाटरफाईनल पुगेका छन् ।
कार्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा शुक्रबार दुई खेल हुनेछन । लिग चरणको अन्तिम खेलमा एवीसी स्कुल नेपालगंज र सैनिक आवासिय महाविद्यालयले प्रतिस्पर्धा गर्नेछन् । शुक्रवारदेखि नै क्वाटरफाईनलका खेल पनि सुरु हुनेछन । पहिलो क्वाटरफाईनलमा लिटल फ्लावर र भक्तपुर निष्ट स्कुल प्रतिस्पर्धा गर्ने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।
देशभरका १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिग कम नकआउट फ्म्र्याटमा हुने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी समावेश छन् । 
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरूमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ । विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका प्रवन्ध निर्देशक कलेन्द्र शाहीले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा