धनगढीमा अर्वौँ ठगेको आरोपमा पक्राउ परेका सञ्जय राना गए जेल

Sanjaya Rana
Sanjaya Rana
November 08, 6:48

धनगढी,

कात्तिक २२ –

ठगी गिरोहका मुख्य अभियुक्त धनगढी ६ का सञ्जय राना सहित दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैलाली जिल्ला अदालतमा आज सम्पन्न थुनछेक बहसमा उक्त आदेश गरिएको हो ।
कैलाली जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले राना सहित उनका सहयोगीका रूपमा पक्राउ परेका धनगढी ३ का रुद्रप्रसाद अधिकारीलाई पनि कारागार चलान गर्न आदेश दिएको छ ।
रानाकै सहयोगी भनिएका धनगढी ६ का कमल बहादुर बिक भने साढे तीन लाख धरौटीमा रिहा भएका छन् । उक्त घटनामा संलग्नता रहेको आरोपमा पक्राउ परेकी रानाकी साली कल्पना दियाकोटी(साउद) पनि साढे तीन लाख धरौटी बुझाएर रिहा भएकी जिल्ला अदालत कैलालीका सूचना अधिकारी नरबहादुर नेगीले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा