राष्ट्रिय जनमोर्चाले लगायो धनगढीमा ‘गो ब्याक इन्डिया’ को नारा

Janamorcha Ok
Janamorcha Ok
November 09, 7:54

धनगढी, २३ कार्तिक – भारतले कालापानी लगायतका नेपाली भूभाग समेटेर बनाएको नक्सा तथा अतिक्रमण विरुद्ध राष्ट्रिय जनमोर्चाले धनगढीमा प्रदर्शन गरेको छ । शनिवार धनगढीमा प्रदर्शनसहित राष्ट्रिय जनमोर्चाले ‘गो ब्याक इन्डिया’ को नारा लगाइएको हो ।

Go


धनगढीको ए लएन चोकमा विरोध प्रदर्शन तथा कोणसभाको आयोजना गरिएको थियो । कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा नेता भट्टले वर्षौँदेखि भारतले नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका ठाउँमा अतिक्रमण गर्दै आएकोमा अब नक्सामै ती क्षेत्र समेटेर अतिक्रमणलाई वैधानिकता दिएको बताउनुभयो । भट्टले अतिक्रमित भूभाग फिर्ता गराउन अहिले नै जनताले कडा सङ्घर्ष नगरे ती भाग मात्रै गुमाउनु पर्ने नभई अतिक्रमण फैलिँदै जाने खतरा रहेको टिप्पणी समेत गर्नुभयो । 
भट्टले सरकारी तवरबाट भारतीय कदमको विरुद्ध सकारात्मक धारणा आएको कुरा उल्लेख गर्दै त्यतिले मात्रै नपुग्ने हुँदा यथाशक्य कूटनीतिक पहलको वातावरण समेत सरकारले बनाउनु पर्ने जोड दिनु भयो । 

Manoj Bhatta


कोणसभामालाई अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव प्रशान्त थापाले समेत सम्बोधन गर्नुभएको थियो ।

Prashant ThapaJanamorchaJanamorchaJanamorcha

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा