निष्ट कलेज एलपिएल ४ः हिमालयन पनि अन्तिम चारमा

LPL 4
LPL 4
November 10, 6:17

धनगढी,

कात्तिक २४ –

धनगढीमा जारी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरणको सेमिफाईनल समिकरण पूरा भएको छ ।

आज भएको अन्तिम क्वाटरफाईनलको खेलमा शारदा माविलाई पराजित गर्दै हिमालयन ह्वाईट हाउस अन्तिम चारमा प्रवेश गरेसंगै सेमीफाईनल समिकरण पूरा भएको हो ।

यसअघि नोवेल एकेडेमी कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी र लिटल फ्लावर स्कुल सेमीफाईनलमा पुगिसकेका छन् । संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा आईतवार भएको अन्तिम क्वाटरफाईनलमा हिमालयन वाईट हाउसले शारदा माविलाई ६ विकेटले पराजित ग¥यो ।

टस जितेर पहिले व्याटिङ गरेको शारदाले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय २ रन बनायो । उस्का लागी सुनिल चन्दले २६ र लक्ष्मण कठायतले ३२ रनको योगदान दिए । हिमालयनका विक्रम ठगुन्ना, नारायण जोशी र रामसुरत यादवले २÷२ विकेट लिए । १ सय ३ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको हिमालयनले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पुरा ग¥यो ।

हिमालयनका लागि सुदिप बस्नेत र गजेन्द्र बोहराले ३०÷३० रन बनाए । शारदाका श्यामसुन्दर साउदले ३ विकेट लिएपनि आफ्नो टिमलाई जिताउन सकेनन् । खेलमा म्यान अफ द म्याच हिमालयनका गजेन्द्र बोहरा भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।

सोमवार पहिलो सेमीफाईनलको खेल लिटल फ्लावर र नोवेल तथा दोश्रोमा शारदा विद्या निकेतन र हिमालयन वाईट हाउसबिच हुने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा