डोटीको बडीकेदार मेलामा भक्तजनको घुँईचो

Kedar
Kedar
November 11, 12:32

धनगढी, 
कात्तिक २५ – 
डोटीको बोगटान र बडीकेदार गाउँपालिकाको बिचमा पर्ने प्रसिद्ध धार्मिक क्षेत्र ठुला केदार(बडीकेदार)मा भक्तजनको भीड लागेको छ । डोटीको प्रसिद्ध धार्मिक स्थल बडीकेदारमा दर्शन गर्न र मेला भर्न दर्शनार्थीको भीड लागेको हो । 
डोटीको दक्षिणी क्षेत्र बडीकेदार यस क्षेत्रको धार्मिक आस्थाको धरोहर हो । बडिकेदार समुद्री सतहदेखि एक हजार आठ सय मिटर उचाइमा रहेको छ ।
बडीकेदारमा हरेक वर्ष दुई पटक धार्मिक मेला लाग्ने गर्छ । फागुनमा पर्ने महा शिवरात्रि र कात्तिक वैकुण्ठ चतुर्दशीमा बडीकेदार पुजिन्छ । यही सेरोफेरोमा यहाँ तीर्थालुको बाक्लो भिड हुने गर्छ । यस वर्ष वैकुण्ठ चतुर्दशी आज परेको छ । आज बडीकेदारमा दर्शनार्थीके घुइँचो लागेको डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तथा बडीकेदार मेला व्यवस्थापन सल्लाहाकार समितिका सदस्य दीप बहादुर बमले बडीकेदारबाट जानकारी दिएका छन् । 
बडीकेदारमा डोटीसँगै कैलाली, कञ्चनपुर र भारतको उत्तर प्रदेशका तीर्थयात्रि यात्रा गरेर दर्शन गर्न पुग्दछन् । मनोकामना पूरा हुने भन्दै तराईका आदिवासी थारु समुदाय र भारतको उत्तर प्रदेशका सहरहरू लखिमपुर, पलिया, बरेली, साहजनपुर, खटिमा र सिँगाहीबाट बर्सेनि कार्तिक वैकुण्ठ चतुर्दशीमा हजारौँ तीर्थालु यहाँ आउने गर्छन् ।
किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय गाउँको एउटा गाई लेकमा चर्न आउने र दिनभर बडीकेदार शिलामा दूध चढाएर फर्कन्थ्यो । घरमा गाईले दूध नदिने भएकाले गोठालोले चियो गर्दा शिला भएको ठाउँमा दूध दिएको देखेपछि लानागाउँ वरपरका बासिन्दाहरू आएर पूजाआजा गर्न थालेका हुन् । बिस्तारै बडीकेदारको दैवीय शक्तिको प्रचारप्रसार हुँदा पछिल्लो चार दशकयता कैलाली, कञ्चनपुरका थारु समुदाय र भारतको उत्तर प्रदेशका दर्शनार्थी आउन थालेका छन् ।
बडीकेदार शिवजीको वासस्थान रहेको स्थानीयहरूको मान्यता छ ।
यस वेला बडीकेदारमा देवताहरूको व्यापक सङ्गम(जाँत) पनि हुने गर्द छ।
बडीकेदारमा शिवको प्रतिमूर्तिका रूपमा रहेको शिला छ । जहाँ शिवको प्रतिमा पनि खोपिएको छ । नजिकै बडेमानको ढुङ्गामा गाई र बाच्छाको मूर्तिसमेत छ । मूर्ति ठुलो भिरको बिचमा रहेको छ ।
बडीकेदार धार्मिक आस्था मात्रै नभई वरपरको वातावरण, दृश्यावलोकन गर्न सकिने सुन्दर र रमणीय स्थल पनि हो । यसलाई धार्मिक तथा पर्यटनको दृष्टिकोणबाट प्रवर्द्धन गर्न सके यस क्षेत्रको आर्थिक समृद्धिमा हासिल गर्न मद्दत गर्ने जानकारहरू बताउँछन् । 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा