सीमा विवाद अन्त्यकालागि कुटनीतिक पहल गर्न सुदूरपश्चिम सरकारको आग्रह

Shaha
Shaha
November 11, 5:28

धनगढी
कात्तिक २५ –
नेपाली भू–भाग लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतले आफ्नो नयाँ नक्शामा समावेश गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारले दार्चुला लगायत मुलुकको विभिन्न भागमा देखिएको सीमा विवाद समाधानका लागि कुटनीतिक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । नेपाली भूभागलाई भारतले आफ्नो भूमि बनाएपछि सोमबार आकस्मिक रुपमा बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठले सीमा, साँध हेर्ने अधिकार संघीय सरकारलाई रहेकाले विवाद समाधानका लागि नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।

यसैगरी, प्रदेश सरकारले दार्चुलाको तिङ्कर र साङ्गरु गाउँसम्म जानका लागि घोडेटो बाटो निर्माण गर्ने निर्णय गरेको छ । सडक निर्माणका लागि केही दिनमै बजेटको व्यवस्था गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

यसरी कालापानीस्थित सीमा क्षेत्रमा बीओपी स्थापनाका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनीमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा