स्वीमिङ्ग पुलमा डुबेर धनगढीमा एक बालकको मृत्यु
धनगढी, २६ कात्तिक – स्वीमिङ्ग पुलमा डुबेर धनगढीमा एक बालकको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर १९ स्थायी घर भइ अहिले धनगढी उपमहानगरपालिका ७ क्याम्पसचोकमा पसल गरी बस्ने हिरा रोकायाका २ बर्षीय छोरा शुसान्त रोकायाको स्वीमिङ्ग पुलमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।
‘हिजो दिउँसो हराएका शुसान्त खोजी गर्दै जाँदा बेलुका ५ः३० बजे धनगढी उपमहानगरपालिका ८ मा रहेको इशाबेला रेष्टुरेन्ट एण्ड बारको स्वीमिङ पुलमा खसेको अबस्थामा भेटिएका थिए ।’ बस्नेतले भने, ‘प्रहरी निरिक्षक पुष्कर पन्तको नेतृत्वमा खटिएको टोलीले उनलाई गम्भीर अवस्थामा सेती प्रादेशिक अस्पतालमा पठाएको थियो । उनको सात बजे सेती अञ्चल अस्पतालमा मृत्यु भएको हो ।’
उनको खोजीका लागि प्रहरी निरिक्षक पुष्कर पन्तसहित ५ जनाको टोली खटिएके थियो ।