निष्ट कलेज एलपिएल ४, लिटल फ्लावर लगातार दोस्रो पटक च्याम्पीयन

Little Flower Winner
Little Flower Winner
November 12, 5:58

धनगढी, २६ कार्तिक- 

लिटल फ्लावर स्कुल धनगढी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरणको च्याम्पीयन भएको छ । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा मंगलवार भएको फाईनलमा हिमालय ह्वाईट हाउस वल्र्ड स्कुल काठमाण्डौंलाई ९ विकेटले हराउँदै चौथो संस्करणको च्याम्पीयन बनेको हो ।

कप्तान विपिन रावल र सुवाश ऐरले उत्कृृष्ट प्रदर्शन गरेपछि लिटल फ्लावर लगातार दोस्रो पटक च्याम्पीयन बनेको हो । तेस्रो संस्करणमा लिटल फ्लावर लिटिल वुद्ध एकेडेमीलाई हराएर च्याम्पीयन बनेकोे थियो । चौथो संस्करणको विजेता भएसँगै लिटल फ्लावरले नगद २ लाख सहित टफी पाएको छ । उपविजेता हिमालय ह्वाईट हाउसले एक लाख नगद सहित टफी पाएको छ ।

संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको फाईनल खेलमा टस जितेर पहिले व्याटिंग गर्दै हिमालय ह्वाईट हाउसले दिएकोे एक सय ३८ रनको लक्ष्य लिटल फ्लावरले ११ बल बाँकी रहदै भेट्टायो । १८ दशमलव १ ओभरमा जित हात पार्नका लागि सुवाश ऐर र कप्तान विपिन रावलले उत्कृष्ट प्रदर्शन गरे । सुवाशले ५४ वलमा ३ छक्का र ९ चौकाको मदत्तमा अविजित ६८ रनको पारी खेल्दा विपिनले ३८ वलमा ३ छक्का र ४ चौकाको सहयोगमा ४७ रन बनाए । दुवै ओपनर व्याट्सम्यानले पहिलो विकेटका लागि एक सय ३ रनको शतकीय साझेदारी समेत गरे ।

हिमालय ह्वाईट हाउसका विक्रम ठगुन्नाले कप्तान विपिन रावललाई अर्धशतक बनाउनबाट रोक्दै क्याच आउट गराएपछि मैदान प्रवेश गरेका लिटल फ्लावरका नरेन भट्टले अविजित १२ रन जोडे । यसअघि टस जितेर पहिले व्याटिंग गरेको हिमालय ह्वाईट हाउसले उत्कृष्ट सुरुवात गरेपनि मध्यक्रमको पारी धर्मराउँदा उसले २० ओभरमा एक सय ३७ रन बनायो । हिमालयका लागि ओपनरद्धय दिपक वोहोराले ३४ रन र सुदीप वस्स्नेतले १८ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ६ ओभरमा ६१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए ।

त्यसपछि हिमालयको मध्यक्रम मैदानमा टिक्क सकेन् । छैटौ नम्बरमा मैदान छिरेका सुमीत श्रेष्ठले २५ रन बनाउनु वाहेक अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । लिटल फ्लावरका लागि दिपक रोकाया र अनुराग सिंहले दुई दुई विकेट लिँदा विपिन रावलले एक विकेट लिए । फाईनल खेलमा अविजित ६८ रन बनाएका लिटल फ्लावरका सुवाश ऐर म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित टफी पाए । कार्तिक १६ गतेदेखि कार्तिक २६ गतेसम्म धनगढीमा सञ्चालन गरिएको प्रतियोगिताका उत्कृष्ट खेलाडी हिमालय ह्वाईट हाउसका आरियो पौडेल भएका छन् । उनले नगद १५ हजार रुपैयाँ पाएका छन् । त्यस्तै प्रतियोगितामा शारदा विद्या निकेतनका विरेन्द्र नाथ उत्कृष्ट ब्याट्सम्यान, लिटल फ्लावर स्कुलका दिपक रोकाया उत्कृष्ट बलर र लिटल फ्लावरका अनुराग सिंह उदयमान खेलाडी बनेका छन् । उनीहरुले जनही नगद ५ हजार पाएका छन् ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमबा बीच पुरस्कार वितरण गरिएको छ । आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि निष्ट कलेजका संस्थापक प्रिन्सिपल निष्ट फाउण्डेसनका अध्यक्ष तथा नेपाली वैज्ञानिक डाक्टर माधव वराल रहेका थिए । सो क्रममा वोल्दै डाक्टर वरालले आगामी दिनमा पनि क्रिकेटमा लगानी गर्ने वताउँदै क्रिकेटको जग वलियो भएमा क्रिकेटको विकासमा मदत्त मिल्ने बताए । प्रतियोगिताका संयोजक भुपी सिंह धामीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रतियोगिताका प्रवन्ध निर्देशक कलेन्द्र शाहीले गरेका थिए । समापन कार्यक्रममा विभिन्न व्यक्ती र संस्थालाई सम्मान समेत गरिएको थियो ।

देशभरका १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको मुख्य प्रायोजक काठमाण्डौं लैनचोरमा रहेको निष्ट कलेज रहेको थियो । लिग कम नकआउट फ्म्र्याटमा भएको प्रतियोगितामा सहभागी विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको थियो । विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि संस्कार क्रिकेट एकेडेमीले विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको पाँचौ संस्करण नगद पुरस्कार राशी वृद्धिसँगै नयाँ प्रयोगका साथ आयोजना गरिने संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष ररामचन्द्र शाहीले जानकारी दिनुभयो ।

Himalayan White House

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा