डोटीको आदर्श गाउँपालिका २ को वडाध्यक्षमा चार जनाको उम्मेदवारी

AAdarsha
AAdarsha
November 13, 5:47

प्रकाश बम, कार्तिक २७ डोटी – डोटीको आदर्श गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि चार जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । 
मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि डोटीमा वडा अध्यक्षको लागि मात्र निर्वाचन हुने भएको छ जसमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०, नेपाली काङ्ग्रेस, राप्रपा र एक जना स्वतन्त्र गरी चार जनाको उम्मेदवारी परेको हो । 
जसमा नेकपाका तर्फबाट रामबहादुर बोहरा, नेपाली काङ्ग्रेसका तर्फबाट महादेव साउँद, राप्रपाका काशीराम ओझा र स्वतन्त्र उम्मेदवार भूमिसिंह खड्काको मनोनयन परेको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले बताए । 
२ हजार ४ सय उनन्साठी मतदाता रहेको सो वडामा तिन वटा मतदान स्थल रहेको समेत अधिकृत काफ्लेले बताए । कुल मतदाता मध्य १ हजार ४३ पुरुष र १ हजार ४ सय सोह्र जना महिला रहेका छन् । 
यसअघि तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष प्रेम बोहराको सडक दुर्घटनामा परि मृत्यु भएपछि रिक्त रहेको ठाउँमा उप निर्वाचन हुन लागेको हो।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा