डा. गोबिन्द केसी सेती अस्पताल भर्ना

Govinda KC
Govinda KC
November 14, 7:41

धनगढी,

कात्तिक २८ - 

डडेलधुराबाट आफ्नो सत्रौँ अनसन स्थगित गरेर चित्सिा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसी धनगढी आइपुगेका छन् । धनगढी पुगेर स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पुगेका केसी अस्पताल भर्ना भएका छन् ।
उनको सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. नीराजन दत्त शर्मा पौडेलले स्वास्थ्य परीक्षण गरेका थिए । पौडेलले स्वास्थ्यमा गम्भीर समस्या नभए पनि अनसनका कारण थकान र केही खराबी देखिएकाले अस्पताल भर्ना हुन केसीलाई सुझाएपछि केसी अस्पताल भर्ना भएका हुन् । उनको विशिष्ट कक्षमा फिजिसिएन डाक्टर निराजन दत्त शर्मा पौडेलले उपचार गरिरहेका छन् ।
केसी सीमा अतिक्रमणले स्तब्ध बनाएको भन्दै आफ्नो १७ औँ अनसनलाई नवौँ दिनमा स्थगित गरेर बुधवार बेलुका ७ः३० बजे धनगढी आइपुगेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा