सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ, बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं !

Shiva Linga
Shiva Linga
November 15, 11:42

परापूर्व काल देखी अहिले सम्म शिवलिङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिं गलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन ।

आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः लिं गको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ । शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिं गको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्री लिं गको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिं गको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ ।

आखिर के हो त शिव लिं*ग ?

शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिं ग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिं ग हो भनिएको छ । शिव लिं*ग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिं*ग हो । शिवलिंगको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिंगको अर्थ लिं*ग वा यो*नी होइन ।

वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् । हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्नभिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ । त्यसैले शिव लिं गको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो ।

त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा विलय हुनाका कारण यसलाई लिं*ग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो । जस्तोः प्रकाश स्तम्भ/लिं*ग, अग्नी स्तम्भ/लिं*ग, उर्जा स्तम्भ/लिं*ग आदि । ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो ।

यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिव लिं गका रुपमा चिनिन्छ । ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिव लिं गमा निहित हुन्छ । वास्तवममा शिव लिं ग हाम्रो ब्रह्माण्डको आकृति हो ।

किन शिब लिंग को पूजा गरीन्छ ?
शिव शंभु आदि र अंत का देवता हुन वहाको न कुनै स्वरूप हुन्छ न आकार वहा निराकार हुनुहुन्छ । आदि, अंत नभएको कारण लिं ग लाइ शिव का निराकार रूप मानीएको हो तेसैले शिवको साकार रूप मानी भगवान शंकर मानेर शिब लिंग रूप को पूजा गरिएको हो ।

केवल शिव लाइ नै निराकार लिं ग को रूप मा पूजा गरीन्छ । लिं ग रूप मा समस्त ब्रह्मांड को पूजा हुन्छ र हिन्दु धर्म अनुसार वहा लाइ समस्त जगत को मालीक मानीदै आएको छ । यसकारण शिव मूर्ति र लिं ग दुबै रूप मा पूजा गरीन्छ । ‘शिव’ का अर्थ हुन्छ– ‘परम कल्याणकारी’ र ‘लिंग’ का अर्थ – ‘सृजन’ पनी हो । वेद मा उल्लेख भएअनुशार वेद र वेदान्त मा लिंग शब्द सूक्ष्म शरीर को लागी हो यो सूक्ष्म शरीर १७ तत्वों ले बनेको हुन्छ। मन, बुद्धि, पांच ज्ञानेन्द्रिय, पांच कर्मेन्द्रिय, र पांच वायु. वायु पुराण को अनुसार प्रलयकालमा समस्त सृष्टि जहा लीन हुन्छ र पुन: सृष्टिकाल मा जहाबाट प्रकट हुन्छ त्यसैलाइ लिंग भनीन्छ । यस प्रकार विश्व को संपूर्ण ऊर्जा नै लिंग को प्रतीक हो ।

पौराणिक कथा अनुसार जब समुद्र मंथन को समय सम्पुर्ण देवताहरू अमृत को आकांक्षी थीए तर मंथनबाटसारा संसार को समाप्त गर्न सक्ने कालकुट विष आयो र उक्त विष लाइ भगवान शिव ले सहजता पुर्बक आफ्नो कण्ठ मा धारण गरेर ‘नीलकण्ठ’ हुनु भयो र संन्सार लाइ त बचाउनु भयो तर समुद्र मंथन को समय निक्लीयको उक्त विष ग्रहण गरेको कारण भगवान शिव को शरीरमा दाह बढ्यो र त्यो दाह लाइ सान्त गर्नको लागी शिवलिंग मा जल चढ़ाएउने परंपरा प्रारंभ भएको हो र यो आज सम्म पनी चली रहेको छ ।

श्री शिवमहापुराण को सृष्टिखंड अध्याय १२ श्लोक ८२ देखी ८६ मा ब्रह्मा जी को पुत्र सनत्कुमार जी वेदव्यास जी को उपदेश दिदै भन्नु हुन्छ हर गृहस्थ ले देहधारी सद्गुरू बाट दीक्षा लीएर पंचदेव (श्री गणेश, सूर्य, विष्णु, दुर्गा, शंकर) को प्रतिमा को नित्य पूजा गर्नु पर्छ किनकी शिव नै सबको मूल हो, मूल (शिव) को पुजा पाठले सबै देवता प्रसन्न हुन्छन तर अरू देवता हरू प्रशन्न गरे पनी प्रभु शिव भने तृप्ति हुदैन ।

यसकारण श्री शिवमहापुराण सृष्टिखंड अनुसार सृष्टि को पालनकर्ता विष्णु ले एक पटक, सृष्टि को रचयिता ब्रह्मा को साथ निर्गुण-निराकार-अजन्मा ब्रह्म(शिव) को प्रार्थना गर्नु भयो ‘भोलेनाथ हजुर कसोगरी प्रशन्न हुनुहुन्छ’ प्रभु शिव ले भन्नुभयो,यदि मलाइ प्रसन्न गर्ने हो भने शिवलिंग का पूजा गर्नु । जब जब कुनै प्रकार को संकट या दु:ख हुन्छ शिवलिंगमा पूजा गर्नाले समस्त दु:ख को नाश हुन्छ । जब देवर्षि नारद ले श्री विष्णु लाइ श्राप दिय र पछि पश्चाताप गर्नु भयो तब श्री विष्णु ले नारदजी लाइ पश्चाताप को लागी शिवलिंग को पूजा, शिवभक्तको सत्कार, नित्य शिवशत नाम को जप गर्न बताउनु भयो ।

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा