युवा सङ्घ डोटीको संयोजकमा खड्का र सह-संयोजकमा केसी
November 15, 5:03
धनगढी, २९ कार्तिक – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा सङ्घ नेपालले जिल्ला नेतृत्व टुङ्गो लगाएको छ । सुदूरपश्चिमका प्रदेशका ९ वटै जिल्लामा संयोजक र सह –संयोजक चयन गरेको हो ।
जस अन्तर्गत डोटीमा गोविन्द खड्कालाई संयोजक र दिनेश केसीलाई सह–संयोजकको जिम्मा दिइएको छ । खड्का साबिक वाईसीएल हुन भने केसी साबिक युवा सङ्घ हुन् ।
सुदूरपश्चिमका ९ जिल्ला कमिटी मध्ये तत्कालीन एमाले निकट युवा सङ्घले ५ र साबिक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ४ जिल्ला संयोजक पाएका छन् । त्यस्तै, वाईसीएलले ५ जिल्लामा र युवा सङ्घले ४ जिल्ला सह–संयोजक पाएका छन् ।
युवा सङ्घ नेपालले यही कात्तिक ३० गते काठमाडौँमा केन्द्रीय समितिको शपथग्रहण र मङ्सिर १ गते राष्ट्रिय भेला समेत आयोजना गरेको छ ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
July 27, 9:08
October 17, 2:00
July 29, 12:28
October 21, 9:33
August 01, 6:02
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा