१४ महिनाअघि बेपत्ता पत्रकार खड्काको झोला र पर्स फेला

teju_khadka
teju_khadka
November 19, 7:34

बाजुरा
मंसिर ३ -
बाजुराको बुढीनन्दा दर्शनमा जाँदा बेपत्ता भएका पत्रकार तेजु खड्काको पर्स, झोलालगायतका सामान भेटिएको छ। गत वर्षको भदौ ९ देखि बेपत्ता खड्काको १४ महिनापछि पर्स, झोलालगायत सामान भेटिएको स्थानीयले बताएका छन्। लौरी विनायक भन्ने स्थानमा सामान भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय कोल्टीलाई जानकारी गराएका थिए।

झोला भएको ठाउँमा मानव कंकाल भेटिएकाले खड्काको मृत्यु भएको आशंका गरिएको स्थानीय पदम रोकायाले बताए। भेटिएको पर्समा तेजु खड्काको परिचयपत्र, लाइसेन्स पनि भेटिएको छ। अवशेषको पहिचान गर्नका लागि पत्रकार र केही स्थानीयसहितको प्रहरी टोली सोमबारनै त्यसतर्फ प्रस्थान गरेको इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी नायब निरीक्षक रुद्रसिंह धामीले बताए। प्रहरी टोलीले घटना स्थलमा भेटिएको प्रमाणहरुको मुचुल्का गर्ने र अवस्थाको अध्यन गर्ने उनले जानकारी दिए।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा