तेजु खड्काको कङ्काल भेटिएपछि डोटीबाट पत्रकारसहितको टोली बाजुरामा

Teju Khadka
Teju Khadka
November 21, 11:59

प्रकाश बम, बाजुरा 
मङ्सिर ५ –
२०७५ साल भदौ ९ गते बुढीनन्दाको दर्शन तथा रिपोर्टिङ गर्न गएका बेला बेपत्ता भएका नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक सभापति तथा रेडियो बुृढीनन्दामा कार्यरत पत्रकार तेजु खड्काको १४ महिनापछि कङ्काल भेटिएको छ । 
बुढीनन्दा जाने बिच बाटोमा पर्ने लौरी बिनायकको दुई घण्टा तल खोला नजिक  पर्स , झोला ,लाइसेन्स ,अवशेष भेटिए पछि  सत्य तथ्य जाँच बुझका लागि दबाब दिन डोटीको टोली बाजुरा सदरमुकाम मार्तडी पुगेको छ । टोलीमा नेपाल पत्रकार महासङ्घ डोटीका अध्यक्ष योगेन्द्र बलायर , नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बम, मृतक खड्काकी आमा मन्धरी देवी खड्का , दाजु कृष्ण खड्का, विजय खड्का  र जित खड्का रहेका छन् ।
१४ महिना अघि बाजुराको  बुढीनन्दा दर्शनका लागि गएर बेपत्ता भएका पत्रकार तेजु खड्काको पर्स, आइडीकार्ड, लाइसेन्स लगायतका सामान भेटिएका छन् । उनको कङ्कालसमेत भेटिएको प्रहरीले जनाएको छ । 
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा