डिसिए कप यु १४ को उपाधि लिटल फ्लावरलाई 

DCA Cup U-14
DCA Cup U-14
November 22, 4:11

धनगढी,

मङ्सिर ६ -
धनगढीमा सम्पन्न डिसिए कप यु–१४ क्रिकेट टुर्नामेन्टको उपाधि लिटल फ्लावर बोर्डिङ हाइस्कुल धनगढीले उचालेको छ । धनगढीको फाप्ला खेल मैदानमा धनगढी क्रिकेट एकेडेमीको आयोजनामा मङ्सिर २ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि लिटल फ्लावरले जितेको हो । 
उपाधि सँगै लिटल फ्लावर स्कुलले १५ हजार नगद पुरस्कार प्राप्त ग¥यो । 
आज सम्पन्न फाइनल खेलमा ब्रोड भिजनलाई ५ विकेटले पराजित गर्दै  लिटल फ्लावरले उपाधि उचालेको हो । टस जितेर पहिले ब्याटिङ् गर्ने निर्णय गरेको ब्रोड भिजनले निर्धारीत १५ ओभरको खेलमा १४.५ ओभर खेल्दै सबै विकेट गुमाएर ५२ रनको योगफल तयार पारेको थियो । 
ब्रोड भिजनकालागि सुशील सिंहले १४ र सन्तोष ताम्राकारले अविजित ११ रन प्रहार गरे । बोड भिजनलार्इृ सस्तैमा समेट्न लिटल फ्लावरका सन्दिप सिंहले ३ तथा सार्थक बमले २ विकेट लिए । ५३ रनको लक्ष्यसहित मैदान उत्रेको लिटल फ्लावरले १२ ओभरमा ५ विकेट गुमाएर लक्ष भेट्टायो । लिटल फ्लावरका पुस्कर बडुले अविजित १८ र पारष एैरले अविजित ११ रन प्रहार गरे भने ब्रोड भिजनका निरज एैरले ३ विकेट प्राप्त गरे । 
खेलको म्यान अफ द म्याच लिटल फ्लावरका पुस्कर बडु हुन सफल भए भने प्रतियोगिताका बेष्ट बलर ब्रोड भिजनका निरज ऐर, बेष्ट ब्याट्सम्यान स्टेपिङ स्टोनका विशाल विष्ट र म्यान अफ द सिरिज लिटल फ्लावरका नरेन भट्ट हुन सफल भए । प्रतियोगिताको समापन कैलाली जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विक्रम विष्टले गरेका थिए । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा