स्वास्थ्यकर्मी रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत गृहलाई ज्ञापन

Rihai
Rihai
December 12, 5:37

डोटी 
मङ्सिर, २६ -
स्वास्थ्यकर्मी हरि दत्त भट्टलाई पक्राउ गरेको विरोधमा नेपाल स्वास्थ्यकर्मी सङ्घ डोटीले जिल्ला प्रशासन कार्यालय डोटी मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । 

Rehai

जिल्लाको जोरायल गाउँपालिका–वडा नम्बर १ को घण्टेश्वर स्वास्थ्य चौकी अन्तरगतको खार खोप केन्द्रमा गत मङ्सिर १७ गते खोप लगाएका स्थानीय टेकबहादुर मल्लका चार महिनाका नाति प्रवीण मल्लको मृत्यु भएको थियो । पीडित पक्षको किटानी जाहेरी पछि जिल्ला प्रहरी कार्यालय डोटीले स्वास्थ्यकर्मी हरि दत्त भट्टलाई मङ्सिर २० गते पक्राउ गरी हिरासतमा राखेको छ । 
घटनामा स्वाथ्यकर्मी माथि मुद्दा दर्ता गर्दा खोप ऐन नियमावली अनुसार अनुसन्धान अगाडी बढाउनुको सट्टा स्वास्थ्यकर्मी भट्ट माथि जिल्ला प्रहरी कार्यालय डोटीले किटानी जाहेरी दर्ता गरी स्वास्थ्यकर्मी माथि गरिएको व्यवहार प्रति नेपाल स्वास्थ्यकर्मी सङ्घ डोटीको गम्भीर ध्यान आकर्षण भएकाले तत्काल भट्टलाई रिहाइ नगरिए सङ्घर्षका कार्यक्रमहरू अघि लान बाध्य हुनेछौ, नेपाल स्वास्थ्यकर्मी सङ्घ डोटीका अध्यक्ष अर्जुन बलायर र सचिव प्रेम बहादुर कठायतद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ । परिवारका सदस्यले खोपकै कारण ज्यान गएको दाबी गरेका छन् । दिउसो २ बजे खोप लगाएर प्रवीणलाई घर लगिएको र राती सुतेको अवस्थामा मृत्यु भएको आफन्तले बताएका छन् । 
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्याले सम्बन्धित ठाउँमा ज्ञापन पत्र समयमै पठाउने बताउनु भएको थियो ।

Rihai

 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा