राष्ट्रिय
September 16, 10:43
धनगढी,३० भदौ । सुदूरपश्चिम प्रदेश सरकारले भोलि (भदौ ३१ गते)प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।
थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ । तराईवासी थारु समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी पर्व मनाइँदै छ । पर्वको अवसरमा कैलारी गाउँपालिका, भजनी नगरपालिका लगायतले पालिकामा दुई दिन… विस्तृतमा
September 12, 10:25
काठमाडौं,२६ भदौ । संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।
निवासमै हृदयघात भएर उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लानेक्रममा बाटोमै निधन भएको उपचारमा संलग्न चिकित्सकलाई उद्धत गर्दै एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता नेम्वाङको निधन भएको त्रिवि शिक्षण… विस्तृतमा
September 07, 3:35
काठमाण्डौँ,२१ भदौ । नेपालमा डेंगी संक्रमितको सङ्ख्या साढे २४ हजार बढी नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी० को तथ्याङ्कअनुसार २४ हजार १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
साढे सात महिनाको अवधिमा संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ भने डेंगु संक्रमण ७५ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । संक्रमण देखिएका जिल्लाहरूमध्ये सबैभन्दा धेरै संक्रमित सुनसरी जिल्लामा पुष्टि… विस्तृतमा
September 06, 8:44
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०९ मेगावाट विद्युत भारतमा बिक्री गर्न अनुमति पाएको छ ।
भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले नेपालको विद्युत प्राधिकरणलाई २ जलविद्युत आयोजनाको १०९ मेगावाट ५ वर्षसम्म बिक्रीका लागि अनुमति दिएको हो ।
नेपाल विद्युत प्राधिकरणले भारतको एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)लाई उक्त विद्युत प्रतियुनिट ५ वर्षसम्म ५.२५ भारू (८.४… विस्तृतमा
September 06, 8:35
काठमाडौं,२० भदौ । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित गरेकाले एनआरएनले पनि नागरिकता पाउने बाटो खुलेको हो ।
नागरिकता सम्बन्धी संधोधित ऐन गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पनि नियमावली बनेको थिएन । तर १२ भदौमै बसेको मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेको… विस्तृतमा
September 05, 6:14
काठमाडौँ / नेपालबाट भारतले थप १८० मेगावाट विद्युत् किन्नका लागि स्वीकृति प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबारदेखि भारतले थप १८० मेगावाट विद्युत् किन्नेगरी प्रस्ताव स्वीकृत गरेको हो । सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालंगाढ आयोजनाको विद्युत् पनि भारत निर्यात हुने भएको प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक प्रवल अधिकारीले जानकारी दिए ।
‘हाम्रो तर्फबाट… विस्तृतमा
September 04, 10:05
काठमाडौं,१८ भदौ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आगामी असोज १ गतेदेखि हुने भएको छ।
कोरियामा ‘सिप बिल्डिङ’ को कामका लागि साउन २० गतेदेखि २४ गतेसम्म ३५ हजार ७०८ आवेदन दिएकाहरूको भाषा परीक्षा असोज १ गतेदेखि चार सिफ्टमा सञ्चालन गर्ने तयारी भएको हो।
नेपाल सरकार,… विस्तृतमा
September 02, 9:08
दाङ,१६ भदौ । दाङको तुलसीपुरस्थित गणपति तेल मिलमा आगलागी भएको छ । तुलसीपुर -६ स्थित शनिबार बिहान करिब साढे २ बजे तेल मिलमा आगलागी भएको हो ।
आगलागी भएको जानकारी पाएलगतै स्थानीय र प्रहरीले पानी टंयाकरहरुको सहयोगमा आगो नियन्त्रणको लिएका लिएको थिए । बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।
उनले आगलागीबाट दुई तले पक्की भवनमा… विस्तृतमा
September 02, 8:50
काठमाडौँ । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ । सरुवामा १ दर्जनभन्दा बढी जिल्लाका इन्चार्ज फेरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बारामा सुरेश काफ्लेलाई सरुवा गरिएको छ । सप्तरीमा गजुसिद्धि बज्राचार्य, पूर्वी नवलपरासीमा नरहरि रेग्मी र कपिलवस्तुमा नवरत्न पौडेललाई पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीमा विपिन रेग्मीलाई पठाइएको छ । भक्तपुरमा वेद विष्ट, रौतहटमा… विस्तृतमा
September 01, 12:50
धनगढी,१५ भदौ । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहको छ ।
त्यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय ७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
August 30, 4:14
काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।
बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको एसपी नवराज अधिकारीले जानकारी दिए ।
गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क… विस्तृतमा
August 24, 8:44
काठमाण्डौं,०७ भदौ । सांसद आफैँले निर्वाचन क्षेत्रमा विकास कार्यक्रम गर्दा स्वार्थ बाझिने भन्दै सर्वोच्च अदालतले संघ र प्रदेशका संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चको संवैधानिक इजलासले बिहीबार संविधानको शब्द, भाव र मर्मसमेतलाई दृष्टिगत गरी यस्तो आदेश दिएको बताएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा न्यायाधीशहरू… विस्तृतमा
August 23, 9:51
काठमाडौं, ६ भदौ । सर्वोच्च अदालतले सरकारले बजेटमार्फत ल्याएको संसदीय श्रेत्र पूर्वाधार विकास कार्यक्रम तत्काल कार्यान्वयन नगर्न अन्तिरिम आदेश दिएको छ ।
आज (बुधबार) सर्वोच्चको संवैधानिक इजलासले २०८०/०८१ को विनियोजन ऐनमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम सम्बन्धी व्यवस्थाहरु तथा ती व्यवस्थाहरुको लागि छुट्याइएको विनियोजित रकम तत्काल कार्यान्वयन नगर्न भनेको हो ।
संसदीय क्षेत्र पूर्वाधार… विस्तृतमा
August 23, 12:05
बैतडी,०६ भदौ । इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले अप्टिकल फाइबरमार्फत बैतडीका ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तार गर्न थालेको छ ।
शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा समेत अप्टिकल फाइबरमार्फत इन्टरनेट सेवा विस्तार भइरहेको भायनेटका बैतडी प्रबन्धक भीमबहादुर महराले बताए ।
ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तार कार्यक्रम अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ अन्तर्गत रहेका… विस्तृतमा
August 23, 10:18
काठमाडौँ,०६ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । उनका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ ।
मन्त्री किरातीका बुवा लामो समयदेखि अस्वस्थ भइ उपचाररत थिए । मन्त्री किरातीले आफ्ना पिताप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
मन्त्री किरातीका बुवाको पार्थिव शरीर आजै… विस्तृतमा